आइतवार, बैशाख १६, २०८१

सरकारको आलटाले प्रवृतिप्रति गठबन्धनको असन्तुष्टि, अल्टिमेटम नसकिदै आन्दोलनको उद्घोष

काठमाडौ कात्तिक २६, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको सङ्घीय गठबन्धनले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउँन गरेको captureआलटाल प्रवृतिप्रति असन्तुष्टि जनाउँदै दवाव स्वरुप आन्दोलन सुरु गर्ने भएको छ । यसअघि सङ्घीय गठबन्धनले संशोधन विधेयक दर्ता गर्नको लागि सरकारलाइ कात्तिक मसान्तसम्म अल्टिमेटम दिएको थियो । तर अल्टिमेटमको मिति नसकिदै संसदबाट आन्दोलनको उद्घोष गर्दै संसद बैठक बहिष्कार गर्ने तयारी गरेको थाहा भएको छ ।

सरकारले सडकको आवाज नसुनेपछि संसद्लाई प्रयोग गरेर दबाब दिने रणनीति बनाएको सम्वद्ध स्रोतले जनाएको छ ।  स्रोतका अनुसार आज विहान बस्ने गठबन्धनमा आबद्ध दलहरूको बैठकले आज बस्ने संसद बैठकमा प्रस्तुत हुँने रणनितीको पहिचान गर्ने तयारी रहेको बताएको छ। गठबन्धनमा आबद्ध २९ दलमध्ये ९ दलको प्रतिनिधित्व ससंदमा रहेको छ ।

त्यस्तै विहिवार तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तमसपाका अध्यक्ष शरत्सिंह भण्डारी लगायत नेता उपस्थित गठबन्धनको बैठकले पूर्व संशोधन विधेयक दर्ता गराउने सवालमा सरकारसंग भएको पूर्व सहमति कायान्वयन नगरेकोमा आपत्ती प्रकट दवावको लागि आन्दोलन आवश्यक रहेको निष्कर्ष पहिचान गरिेको थियो ।