आइतवार, बैशाख ३०, २०८१

बहुचर्चित त्रिपुरेश्वर–नागढुङ्गा सडकको प्रगति विवरण ७ दिनभित्र पेस गर्न विकास समितिको निर्देशन

काठमाडौ कात्तिक २५, व्यवस्थापिका–संसद्को विकास समितिको आज बसेको बैठकले बहुचर्चित त्रिपुरेश्वर–नागढुङ्गा सडकको प्रगति विवरण पनि ७ दिनभित्र समितिमा पेस गर्न सहरी विकास मन्त्रालयसहितका निकायलाई सडक विस्तारको काम समन्वय गरेर गर्न निर्देशन दिनुको अलावा उपत्यकामा विस्तार गरिएका ca_20141009085850-2-1सडक लामो समयमा पुरा नभएकाकारण ट्राफिक जाम, धुलोजस्ता समस्या बढेकाले छिटो काम सक्न निर्देशन दिएको छ ।

त्यस्तै समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले उपत्यकाका सडक विस्तारको प्रभावकारी अनुगमन गरेर फागुनभित्र निर्माण कार्य सक्न र उपत्यकाको व्यवस्थित यातायात सञ्जालसहितको खाका तयार पार्न पनि समितिले मन्त्रालयको ध्यानाकर्षण समेत गराएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै गरि समितिले संसद्को लेखा समितिको निर्देशन विपरीत बनाइएको कलङ्कीको आकासे पुल चक्रपथ निर्माणका क्रममा भत्काउनुपर्दा करोडौँ रकम खर्च भई राष्ट्रिय ढुकुटी रित्याउने काम भएको छ भन्दै त्यससम्बन्धी प्रतिवेदन ७ दिनभित्र पेस गर्न काठमाडौँ महानगरपाकिालाई पनि निर्देशन दिएको छ ।  बैठकमा उपस्थित सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मापदण्ड विपरित रहेका संरचनाहरु छिट्टै हटाइने जानकारी दिनु भएको थियो भने उपत्यका विकास प्राधिकरणका कार्यकारी प्रमुख भाइकाजी तिवारीले प्राधिकरणमा जनशक्तिको अभाव रहेनुको अलावा सडक विस्तारकै सम्बन्धमा अदालतमा ३६८ मुद्दा दर्ता भएकाले पनि विस्तारमा ढिलासुस्ती भएका

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031