शनिबार, बैशाख १५, २०८१

दाहाल नेतृत्वको सरकार गठनको १ सय दिन पूरा,सरकारको एकसय दिन उपलब्धिमूलक भएको दाबी

काठमाडौं कात्तिक २६, प्रम पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको आज १ सय दिन पुगेको छ । नेपाली कांग्रेस र मधेसी मोर्चाको समर्थनमा गत श्रावण २० गते दाहाल नेतृत्वको सरकार गठन भएको थियो ।  सरकारले एकसय दिन उपलब्धिमूलक भएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले prachanda1उपलब्धिविहीन भएको निष्कर्ष निकालेको छ ।

संविधानको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन उच्च अदालत स्थापना गरिएको विषयलाई सरकारको मुख्य उपलब्धिका रुपमा लिएको छ । संघीयतामा प्रशासन पुनः संरचनाका लागि कामहरु भइरहेको र स्थानीय तह पुनःसंरचना आयोगको कामकारवाहीलाई सहजीकरण गरिएको भन्दै प्रधानमन्त्रीको कार्यालयले आफ्नो १०० दिन उपलब्धिमूलक भएको दाबी गरेको छ । यसैबीच प्रधानमन्त्री दाहालले सरकार सञ्चालनको सय दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलन गरी उपलब्धिबारे जानकारी दिने भएका छन् ।