शनिबार, बैशाख १५, २०८१

अवैध रूपमा एटिएमबाट रकम निकाल्ने मुहरिम उजुन र याबर पक्राउ

काठमाडौ कात्तिक २६, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने दुई टर्केली 1455792302_cib-logoनागरिकद्दय मुहरिम उजुन र सेलाहात्तिन याबरलाई पक्राउ गरेको छ ।

ब्युरोले अभियुक्तद्दयलाइ राजधानीको जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ परेको विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै निजहरुबाट ३६ लाख ७५ हजार नेरु, १ हजार ७ सय युरो र १ हजार छ सय ६० अमेरिकी डलर तथा विभिन्न एटिएम कार्ड ११३ थान, मोबाइल फोन दुई थान, एटिएम कार्डका स्विस घडी सहित हिडन क्यामरा प्रयोग गरी रकम निकालेको  जनाएको छ ।

पछिल्लो समय नेपालमा बल्गेरिया, टर्की, रोमानिया लगायत देशका नागरिक पर्यटकले प्रवेशाज्ञा बनाएर नेपाल आई विभिन्न बैंकको एटिएममा पसेर रकम चोर्ने गरेको जनाउँदै ब्युरोले सोमबार मात्र यस्तै आरोपमा तीन रोमानियाली पक्राउ परेका गरेको जनाएको छ ।