सोमवार, बैशाख १७, २०८१

महानगरको वडा नं २० पहिलो कुकुर व्यवस्थित वडा घोषित

सन्दर्भ : १० औं विश्व रेविज दिवस

काठमाडौं आश्विन १३, काठमाडौं महानगरपालिका वडा नं. २०लाइ नेपालकै पहिलो कुकुर व्यवस्थित वडा घोषिणा गरिएको छ । महानगरका ३५ वडाहरुमध्ये यो वडालाई १० औं विश्व रेविज दिवसको अवसर पारेर आज कुकुर व्यवस्थित वडा घोषणा गरिएको हो ।  घोषणा सभामा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले कुकुर dsc_0044 dsc_0079व्यवस्थापनका लागि विगतमा अपनाइएको कुकुरको हत्या गर्ने कार्य गलत भएको धारणा राख्दै मान्छेको पूर्ण सुरक्षाकालागि कुकुर व्यवस्थान गरिनु पर्ने जिकिर गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले महानगरमा सामुदायिक कुकुरको संख्यालाई स्थिर बनाउन महानगर बहुबर्षिय योजनाबाट अघि बढेको बताउँदै यसको सफलताकालागि समुदायको सहभागिताको अपेक्षा गर्नुभएको थियो ।

त्यस्तै वडा नम्बर २० वडास्तरीय पशु व्यवस्थापन समितिको संयोजक एवम् सो वडाका प्रशासकीय प्रमुख अञ्जली सिन्धुराकार, शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा। रमेशकुमार खरेल, नेपाल भेटेनरी काउन्सिलका रजिष्ट्रार्ड डा। नारायण घिमिरे, भेटनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा। बोधनाथ अधिकारीलगायतका वक्ताहरुले कुकुरबाट मानिस र मानिसबाट कुकुरलाई सुरक्षित बनाउन महानगरले थालेका कामलाइ दिगो बनाउनुपर्ने धारणा राख्नुुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि वडा स्तरीय पशु व्यवस्थापन समितिले सांस्कृतिक झाँकी तथा वाजागाजासहित विद्यार्थीहरु साथै स्वयंसेवीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । स्नेहभाव र पालनपोषणः कुकुरमैत्री वातावरण, प्रत्येक कुकुरलाई रेविज विरुद्धको खोप लगाऔं र वन्ध्याकरण गराऔं भन्ने जनचेतनामूलक नारासहित सहभागीहरुले वडा नं। २० का विभिन्न स्थानको परिक्रमा गरेका थियो भने विश्व रेविज दिवसकै अवसरमा आयोजित विद्यालय स्तरीय कथा लेखन तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

काठमाडौं महानगरपालिका कार्यालयले महानगरलाई कुकुरमैत्री सहरका रुपमा विकास गर्न कुकुरहरुको वन्ध्याकरण गर्ने, रेविजविरुद्धको खोप लगाउने तथा हरेक वडामा कुुकुर सम्बन्धी समस्या समाधानको दिगोपनाकालागि वडा स्तरीय पशु व्यवस्थापन समिति गठन गर्ने कार्य गरिरहेको छ । महानगरले द ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्स्टिच्युट नेपालसँगको सहकार्यमा सञ्चालन गरेको महानगरीय कुकुर व्यवस्थापन मनुमित्र कार्यक्रमअन्तर्गत यसअघि सिंहदरवार क्षेत्रलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गरिसकेको छ । कुनै स्थानलाई कुकुर व्यवस्थित क्षेत्र बनाउन त्यहाँ भएका कुकुरहरु मध्ये ८० प्रतिशत कुकुरको वन्ध्याकरण हुनुपर्ने र शतप्रतिशत कुकुरलाई रेविजविरुद्धको खोप लगाउनु पर्ने मापदण्ड राखिएको छ । अभियान अन्तर्गत वडा नं। २० मा रहेका १ सय २० वटा कुकुरमध्ये ३ महिनाको अवधिमा ५६ वटा पोथी र ४५ वटा भाले गरी १ सय १ वटा कुकुरको वन्ध्याकरण गरिएको थियो । गत साउन २८ गते गठित पशु व्यवस्थापन समितिले सो क्षेत्रमा कुकुरको वन्ध्याकरण तथा रेविजविरुद्धको खोपकालागि निःशुल्क शिविर सञ्चालन गर्नुका साथै जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।