सोमवार, बैशाख १७, २०८१

भारत र पाकिस्तानबिचको विवादका कारण सार्क शिखर सम्मेलन अन्योलमा

काठमाडौ आश्विन १३, भारत र पाकिस्तानबिचको विवादका कारण आउँदो नोमेम्बर ९ र १० मा हुन लागेको सार्क शिखर सम्मेलन अन्योलमा परेको छ । नेपालले पाकिस्तानको saarc-300x2251इस्लामावादमा आगामी कात्तिक २४ र २५ गते आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन भारत, बंगलादेश, भुटान र अफगानिस्तानले सहभागी हुन नसक्ने जानकारी गराएपछि नेपालले पनि नेपालले भारतलाई समर्थन गर्दै सार्क स्थगनका लागि प्रस्ताव गर्ने मनस्थिती बनाएसंगै यस्तो स्थिती सिर्जना भएको हो ।

यद्यपी परराष्ट्रमन्त्री प्रकाशशरण महत अमेरिकाबाट फर्के लगत्तै यस विषयमा निर्णय हुने अधिकारीहरुले बताएका छन । अधिकारीहरुका अनुसार सार्कको १९ औँ शिखर सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भूटान र भारत सहभागी नहुने जनाइसकेको अवस्थामा सार्कका कुनै पनि एक सदस्य देश सहभागी नभएमा शिखर सम्मेलन नै रद्ध हुने जनाएको छ।