बुधबार, जेष्ठ २, २०८१

तमलोपा अध्यक्ष ठाकुरको घरमा चोरी गर्ने पक्राउ

काठमाडौ आश्विन ११,  तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
download-2-1महानगरीय अपराध महाशाखाको टोलीलेका अनुसार सर्लाही, पिडाडी गाविस घर भई हाल पेप्सीकोला बस्दै आएका रञ्जितप्रसाद गुप्ता र महोत्तरी, घर भई पेप्सीकोलामै बस्दै आएका ‘ प्रताप सिंहलाइ आज पक्राउ गरेको हो ।

पक्राउ परेको अभियुक्तहरुले गत भाद्र २४ गते लाई अध्यक्ष ठाकुरको घरमा जबर्जस्ती प्रवेश गरी घरको माथिल्लो तलाको कोठामा रहेको ठाकुरको ब्रिफकेस चोरी गरी फरार रहेको थियो । त्यसक्रममा निजहरुले अध्यक्ष ठाकुरकी छोरी मिनाक्षी ठाकुरलाई खुकुरी देखाई आक्रमण समेत गरेको प्रहरीले जनाएको छ ।