बुधबार, जेष्ठ २, २०८१

तरुणका सभापतिलाई पक्राउ गर्न प्रहरीले उदासिन,बर्दिया कांग्रेसका स्थानिय नेताहरु चुपचाप

महिला हिंसाको पराकाष्ठा-

बर्दिया भाद्र २९,   महिलामाथी घरभित्रै छिरेर आक्रमणगर्ने आक्रमणकारी तरुण दलका नगर सभापती रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छैन । घटना घटेको २४ घण्टा बितिसक्दापनी प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । यादवलाई पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय बर्दिया उदासिन देखिएको छ ।  सार्वजनिक स्थलमा महिलामाथी संसाझै आक्रमण हुँदा समेत यादवलाई कारबाही नभएपछी पीडित झनै पिडामा परेका छन । पीडित महिलाका श्रीमान भुपेन्द्र पुरी भन्छन- घर फर्किए मारेर फालिदिन्छु भनेका छन, यता प्रहरीले घटनालाई गम्भिरताका साथ लिएकै छैन ।

mस्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई केन्द्र देखी कांग्रेसका नेताहरुले फोन गरी घटना मिलाउन दबाब दिएकाले प्रहरीले घटनालाई खासै वास्ता गरेको छैन । जिल्लामै यती ठुलो घटना सार्वजनिक हुँदा समेत यँहाका महिला-अधिकारकर्मी, प्रहरी(प्रशासन मौन बसेका छन ।

यता पीडित महिलाका श्रीमानले नेपाली कांग्रेस बर्दिया जिल्लामा समेत निबेदन दर्ता गराएका छन । उनले तरुण दलका नगर सभापती रविन्द्र यादवले आफु र आफ्नो श्रीमतिलाई निर्घात कुटपिट गरेकोले कारबाहिको दायरामा ल्याउन आग्रह गर्दै निबेदन दिएका छन ।यता प्रहरीले भने घटनाका आरोपी तरुण दलका नगर सभापती रविन्द्र यादवको खोजी भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बोहराले हामी संग कुरा गर्दै भने ( घटनाको आरोपिलाई खोज्ने काम भइरहेको छ, छिट्टै कारबाहिको दायरामा ल्याउनेछौ ।  स्रोतका अनुसार आरोपित रविन्द्र यादव खुलेआम खैरापुर बजारमा घुमेपनी प्रहरीले पक्राउ गरेको छैन । स्रोत भन्छ- प्रहरीले चाहेमा आरोपित यादवलाई १ घण्टा भित्र पक्राउ गर्न सक्छ तर प्रहरीनै यादवलाई पक्राउ गर्न चाहन्न ।   यता घटना बिभिन्न मिडियामा सार्वजनिक भएपनी आफ्नै भातृ संगठनका ईन्चार्जले गरेको कुकृत्यको बारेमा नेपालीकांग्रेस बर्दिया मौन बसेको छ । दिनदहाडै महिलामाथी आफ्नै भातृ संगठनका ईन्चार्जले आक्रमण गरेपनी बर्दिया कांग्रेसका स्थानिय नेताहरु चुपचाप बसेका छन ।