सोमवार, बैशाख २४, २०८१

सडकवत्ती जडानका लागि वाणिज्य संघद्वारा ५ लाख सहयोग

बिर्तामोड आषाढ असार १९ , सडक वत्ती जडानका लागि झापा उद्योग वाणिज्य संघ बिर्तामोडले रु ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संघले नगरको विकासका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष वलराम कार्कीले बताउनुभयो । ६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडक वत्ती जडानका लागि सरकारले बिर्तामोड Captureनगरपालिकालाई मात्रै रु ४ करोड ६० लाख रुपैयाँ रकम विनियोजित गरेको छ । विनियोजित रकमलाई तत्काल सदुपयोग गर्दै नगरका व्यावसायिको हितलाई मध्यनजर गर्दै वाणिज्य संघले उक्त रकम सहयोग गर्ने निर्णय गरेको कार्कीले बताउनुभयो ।

जसका लागि संघका उपाध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा गठित सडक वत्ती जडान उपभोक्ता समितिले गठन गरिएको थियो । त्यस्तै शनिश्चरे रोडमा मोहन ओली, भद्रपुर रोडमा उमेश डालमिया, काँकरभिट्टा रोडमा देवीभक्त श्रेष्ठ , अतिथि सदन रोडमा राजेन्द्रकुमार थापाको संयोजकत्वमा सौर्य वत्ती जडान समिति बनाइएको छ ।  पाँचवटै समितिलाई संघले एक /एक लाख रुपैयाँ दिने निर्णय गरेको झापा उद्योग वाणिज्य संघ बिर्तामोडका कार्यालय सचिव राजु गौतमले जानकारी दिनुभयो ।