आइतवार, बैशाख २३, २०८१

ट्राभल्स सङ्घ झापाको अध्यक्षमा भट्टराई

बिर्तामोड आषाढ १९,  ट्राभल्स सङ्घ झापाको चौंथो साधारणसभाले शङ्कर भट्टराईको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि नयाँ कार्य 1 6समिति चयन गरेको छ । झापाका ट्राभल्स व्यवसायीहरूको प्रतिनिधि संस्था मानिएको यस संस्थाको नाम समेत साधारणसभाले परिवर्तन गरेको छ । यस अघि झापा जिल्ला ट्राभल्स सङ्घ (जेएटीए)ले चिनिएको संस्थाको नाम परिवर्तन भएर ट्र«ाभल्स सङ्घ झापा (टीएजे) बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाको प्रमुख आतिथ्यमा भएको साधारणसभाले विधान संशोधन गरी संस्थाको नाम परिवर्तन गरेको हो । साधारणले कार्य समितिको आकार ११ जनाबाट बढाएर १३ पुर्याएको छ भने २ जना महिला सदस्य अनिवार्य र दुई जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ । नयाँ कार्य समिति सर्वसम्मत रुपमा गठन भएको थियो ।

निर्वाचन समितिका संयोजक मोहन काजीका अनुसार समितिको दुई उपाध्यक्षमा भद्रपुरका गोपाल खनाल र काँकरभिट्टाका बिजय सुबेदी चयन भएका छन् । त्यसैगरी समितिको महासचिवमा यस अघिका कोषाध्यक्ष काँकरभिट्टाका पृथुराज गौतम चयन भएका छन् भने सचिवमा विर्तामोडका रविन श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा सन्तोष नेम्वाङ र सदस्यहरूमा दमकका केदार बस्नेत, काँकरभिट्टाका भरत तामाङ, काँकरभिट्टाकै हस्त कुमार तामाङ र भद्रपुरका राम अधिकारी चयन भएका छन् । दुई महिला सदस्य कार्य समितिले पछि मनोनित गर्ने भएको छ । विधान अनुसार निर्वमान अध्यक्ष नीरबहादुर कार्की संस्थाको सल्लाहकार संयोजक चयन भएका छन् । निवाृचन समितिमा पत्रकारद्वय मोहन काजी र तारामणि सापकोटा रहेका थिए ।

साधारणसभाको उद्घाटन सत्रमा प्रतिदिन दैनिकका कार्यकारी सम्पादक रमेश समदर्शी राईलाई पर्यटन प्रबर्धनका क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याए वापत यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । सम्मानित समदर्शीलाई झापाका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले सम्मानपत्र तथा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजीले नगद हस्तान्तरण गरेका थिए । पत्रकार समदर्शी विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

सोही कार्यक्रममा पथ प्रदर्शक व्यवस्थापन समितिका अध्यक्ष कोषराज सिटौलालाई पनि नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सहायक प्रजिअ निरौलाले ठूलो हिस्सा ओगटेको पर्यटन व्यवसायको विविध कारणले सोचेजति विकास हुन नसकेको बताए । शुभकामना मन्तव्यका क्रममा पत्रकार मोहन काजीले सङ्घले सञ्चारकर्मीलाई समेत सम्मान गर्ने परम्परा बसाएर पत्रकारिता जगतलाई गुन लगाएको बताए । विराट क्षेत्र पर्यटन प्रवर्धन विकास समितिकी सदस्य मीना उप्रेतीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकलाई सही पथ प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिइन् । सङ्घका अध्यक्ष निरबहादुर कार्कीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पेमा तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  त्यस्तै  नवनिर्वा्चित अध्यक्ष भट्टराईले विस्तृत कार्य योजनाका साथ संस्थालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

निवर्तमान अध्यक्ष नीरबहादुर कार्की, निर्वाचन समितिका सदस्य तारामणि सापकोटा र पर्यटन बोर्डकी प्रतिनिधि सुस्मिता दाहालले पनि नवनिर्वा्चित कार्य समितिलाई शुभकामना दिएकी थिइन् । बन्द सत्रमा अध्यक्षले प्रस्तुत गरेको साङ्गठनिक प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन छलफलपछि सर्वसम्मत पारित भएको थियो ।