आइतवार, जेष्ठ ६, २०८१

स्व:कोइरालाको जन्मजयन्तीको अवसरमा बाँकेमा स्वास्थ्य शिविर

२ सय ५० बढी स्थानिय लाभाम्वित

बाँके आषाढ १८ , नेपाली काँग्रेसका पूर्व सभापति एवम पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस बाँके क्षेत्र नं.३ को आयोजनामा वेलभार वडा नं.३ वनकटवामा स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन त्यसमा पनि ०६२ /६३ को जनआन्दोलनको नेतृत्व गरेका कोईरालाको ९३औं जन्मजयन्तिको अवसर पारेर शनिबार विहान ८ वजे देखी दिउँसो २ वजे सम्म चलेको स्वास्थ्य शिविरमा आँखा तथा कान रोग विशेषज्ञहरुले सेवा दिएका थिए । शिविरमा २ सय ५० बढी स्थानियको आँखा तथा कानको जाँच गरिएको कार्यक्रम संयोजक प्रदीप शाहले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गराउनेहरूमा अधिकाशं महिला तथा बालबालिका रहेका छन । स्वास्थ्य शिविरमा आँखा परीक्षण गराएका मध्य २० जनालाई मोतियाविन्दुको समस्या देखीएकाले थप उपचारका लागी फत्तेबाल अस्पताल रिफर गरीएको छ । शिविरबाट रिफर भएकालाई ५० प्रतिशत छुट सहित उक्त अस्पतालले अपरेसन गर्ने ब्वस्था समेत मिलाईएको आयोजकले जनाएकाछन् ।

सासंद बादशाह कुर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी बाँके काग्रेसका सभापति किरण कोईराला,भेरी अन्चल अस्पतालका बरीष्ट फिजिसियन डा संकेत रिसाल लगायतका व्यकतित्वहरुले स्व गिरिजाप्रसाद कोईरालाको योगदानको बिषयमा चर्चा गरेका थिए ।  त्यसैगरी कार्यक्रम समापनमा शिविरमा खटीएका प्राविधिक र चिकित्सकलाई कदर पत्र प्रदान गरीएको थियो ।  कार्यक्रममा नेपाली काँग्रेस बाँके जिल्ला सदस्य विरेन्द्र बहादुर शाह,महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाह,डा सुरेस कुमार कनोडीया,ईकाई सभापति हौसीलाल कुर्मी,जिल्ला सदस्य राजितराम बर्मा, रविन्द्र हमाल,पूर्व पार्टी सचिव बिजय यादव,क्षत्रीय सदस्यहरू कपील पाठक,पुष्पा शुक्ला,नखर सभापति प्रशान्त बिष्ट,नेपाल प्रेस युनियनका बसन्त शर्मा,तरूणदल नगर सभापति सन्दीपजगं शाह लगाएतको उपस्थिति रहेको थियो ।