शनिबार, बैशाख १५, २०८१

माओवादी केन्द्रको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचना

  ९ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै माओवादी फेरि राष्ट्रिय सरकारको बहसमा, एमालेसँगको सहकार्य तोड्ने माओवादीको निर्णय

काठमाडौ आषाढ १८, शनिवार सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राष्टिय सहमतिको सरकार गठनको पहल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएको छ । वर्तमान गठबन्धन सरकारमा बस्दै गर्दा माओवादी केन्द्रको प्रभावकारिता ओझेलमा पर्दै गएको निष्कर्ष सहित केन्द्रीय समितिको बैठकले राष्टिय सहमतिको सरकार गठनको लागि download-2छलफल चलाउँन अध्यक्ष प्रचण्डलाइ जिम्मा दिएको सम्वद्ध स्रोतले जनाएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै कृष्णबहादुर महरालगायतका नेताहरुले तत्काल एमालेसँगको सम्बन्ध तोड्नु पर्नेमा जोड दिएको बताएको छ ।  यसअघि काँग्रेसले सभापति देउवालाई आफ्नै नेतृत्वमा राष्टिय सहमतिको सरकार गठनका लागि जिम्मेवारी सहितको प्रस्ताव गरेपछि माओवादी केन्द्रले पनि आफ्नै नेतृत्वमा राष्टिय सहमतिको सरकार गठनको निर्णय गरेको हो ।

यसअघि माओवादीले कांग्रेससँग मिलेर सरकार बनाउने अन्तिम तयारी थालेपछि गत वैशाख २३ गते सत्तारुढ एमालेले र माओवादीसंग ९ बुँदे सहमति गर्दै वर्तमान सरकारलाइ निरन्तरता दिईएको थियो ।  त्यस्तै राष्टिय सहमतिको सरकार गठनका लागि अन्य दलहरुसँग छलफल गर्ने जिम्मा पाएका पार्टी अध्यक्ष प्रचण्ड प्रस्तावित विषयमा छलफल गर्न आगामी अषाढ २१ र २२ गते पोलिटब्यूरो बैठक बोलाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।