सोमवार, बैशाख १७, २०८१

पहिरोका कारण हेटौँडा–कुलेखानी सडक अवरुद्ध

हेटौँडा श्रावण ११ , हेटौँडा–कुलेखानी सडक खण्डका साथै फाखेल सडकखण्डका विभिन्न स्थानमा गए राति परेको अविरल वर्षातका कारण पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।

Captureजिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राजमार्ग अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट काठमाडौँतर्फ यातायातका साधन सञ्चालन गरिएको जनाउँदै आज मौसम अनुकूल रहेमा फाखेल र सिस्नेरी खण्डका विभिन्न स्थानमा गएको पहिरो हटाई आज साँझसम्म हेटौँडा–काठमाडौँतर्फको यातायात सञ्चालन गर्ने लक्ष्य रहेका जनाएको छ ।