बिहिबार, बैशाख २०, २०८१

बाढीको जोखिममा रहेका ५ सय भन्दाबढी स्थानीयको सेनाको हेलिकोप्टरबाट उद्धार

नेपालगञ्ज श्रावण १२,  केही दिनदेखि परेको अबिरल वर्षाका राप्ती नदीमा आएको बाढी खतराको संकेतभन्दा माथि पुगेपछि जोखिमपूर्ण अबस्थामा रहेका बाँकेको गंगापुर गाविसको चौफेरी वडा नम्बर–४ का ५ सय भन्दाबढी स्थानीयको badi-358x300नेपाली सेनाले हेलिकोप्टर मार्फत उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

राप्तीमा पानीको सतह निरन्तर बढेको सूचना प्राप्त हुनासाथ उद्धार गर्न सुरु गरिएकाले बाढी अहिलेसम्मकै उच्च विन्दूमा पुग्दा पनि कुनै मानवीय क्षति हुन नपाए पनि बाढीले बाँकेको घरबारी टोल, गणेशपुर, सेतु बिक चोक, न्यूरोड, बसपार्क क्षेत्र भने दुवानमा परेको बाँके जिल्लाप्रशासन कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।