सोमवार, बैशाख ३१, २०८१

सहायक सीडीयोलाई काउन्सिलको ७ दिने स्पष्टिकरण

झापा श्रावण १३, प्रेस काउन्सिल नेपालले झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई सात दिने स्पष्टीकरण पत्र काटेको छ ।  पूर्वाञ्चल दैनिकलाई विज्ञप्ति र समाचारको बिषयमा जिल्ला प्रसाशन कार्यालय झापाले fnjअधिकार क्षेत्र बाहिर गई तीन दिने स्पष्टीकरण पत्र काटेपछि सहायक प्रजिअलाई प्रेस काउन्सिलले स्पष्टीकरण मागेको हो ।  सचेत नागरिक समूहले झापाको स्वास्थ्य क्षेत्रका बारेमा जारी गरेको विज्ञप्ति र समाचार पूर्वाञ्चल दैनिकसहित विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएपछि जिल्ला प्रसाशन कार्यालय झापाले स्पष्टीकरण सोधेको थियो ।  स्पष्टिकरण पत्रमा आमसञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीबाट पत्रकार आचारसंहिता उल्लंघन भएको स्थितिमा प्रेस काउन्सिल नेपालले ‘आवश्यक कारवाही र छानविन गर्ने’ व्यवस्था प्रेस काउन्सिल ऐन २०४८ को (ङ) र (छ) मा रहेको स्मरण गराइएको छ ।  झापाका सहायक प्रजिअले अधिकार क्षेत्रको अतिक्रमण गरी किन पत्र काटेको हो ?  भन्ने प्रश्न गर्दै सात दिनभित्र जवाफ पेश गर्न काउन्सिलले आदेश दिएको छ । काउन्सिलले सोमबार सहायक प्रजिअलाई पत्र काटेको छ ।  काउन्सिलका अनुगमन अधिकृत रहमतुल्ला मियाद्वारा हस्ताक्षरित सहायक प्रजिअलाई पठाइएको जवाफ पेस गर्ने सम्बन्धी उक्त पत्रको बोधार्थ प्रेस काउन्सिलका अध्यक्ष, काउन्सिलका मुख्य अधिकृत, उपप्रशासकीय अधिकृत र पत्रकार महासंघ झापालाई दिइएको छ ।

पूर्वाञ्चल दैनिकलाई जिल्ला प्रसाशन कार्यालय झापाले पत्र काटेको बिषयमा नेपाल पत्रकार महासंघ झापा शाखाले आपत्ति प्रकट गरी प्रेस काउन्सिलमा उजुरी गरेको थियो । जिल्ला प्रशासन कार्यालयको त्यस्तो कार्यबाट प्रेस स्वतन्त्रता कुण्ठित र नियन्त्रित भएको पत्रकार महासंघ झापा शाखा तथा पत्रकारका विभिन्न संगठनले ठहर गरेका थिए । सोही बमोजिम महासंघले काउन्सिलमा उजुरी गरेको हो । यसैगरी प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपाल झापा शाखाले जिल्ला प्रसाशन कार्यालयले अधिकार क्षेत्र बाहिर गएर पत्रकाटेकोमा बिरोध गरी संयुक्त विज्ञप्ति जारी गरेका थिए । फोनिज झापाले पनि यस विषयमा छुट्टै विज्ञप्ति जारी गरी प्रेस स्तन्त्रतामाथि हस्तक्षेप नगर्न आग्रह सहित घटनाको विरोध गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु