सोमवार, बैशाख २४, २०८१

दशनामी युवाको नेतृत्वमा गोविन्द सर्वसम्मत

बिर्तामोड श्रावण १५ , नेपाल दशनामी समाज युवा समिति झापाको नयाँ नेतृत्व चयन भएको छ । आज शनिवार चारपानेमा सम्पन्न समाजको दोस्रो अधिवेशनले अध्यक्षमा गोविन्द गिरीलाई सर्वसम्मत चयन गरेको छ ।  दशनामी govindaयुवालाई गाउँ–गाउँसम्म संगठित गरी शिक्षा तथा समाज परिवर्तनका लागि रचनात्मक कार्यमा लगाउनका लागि युवा समितिले सशक्त अभियान सञ्चालन गर्ने अध्यक्ष गिरीले बताए ।

समितिको बरिष्ठ उपाध्यक्षमा डम्बर गिरी, उपाध्यक्षमा कृष्ण गिरी, सचिवमा लक्ष्मण गिरी, सह–सचिवमा इन्द्र गिरी, कोषाध्यक्षमा नारद गिरी चयन भएका छन् ।  त्यस्तै सदस्यहरुमा अमृत गिरी, दुर्गाबहादुुर वन, समिर गिरी, सुरेन गिरी, भरत गिरी, शिवकुमार गिरी, यामबहादुर गिरी, कुन्दन गिरी, लक्ष्मण गिरी, बालकुमार गिरी, जितेन्द्रकुमार गिरी र दीपक गिरी रहेका छन् ।  अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले गर्नु भएको थियो ।