बुधबार, बैशाख २६, २०८१

दलका शीर्ष नेताहरु आ-आफ्नै अडानमा, संसद् बैठक शुक्रवार २ वजेसम्मका लागि स्थगन

काठमाडौ श्रावण ६, व्यवस्थापिका–संसद्को आज २ बजेका लागि निर्धारित बैठक शुक्रवार अपराह्न २ बजे बस्ने भएको छ । विशेष कारणवश बैठक शुक्रवार २ बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयद्दारा जारी सूचनामा उल्लेख three lederगरिएको छ ।

यसअघि व्यवस्थापिका–संसद्को बैठक आज ११ बजेको लागि निर्धारण गरिएकोमा प्रम केपी ओली नेतृत्वको गठबन्धन सरकार उपर विस्वास छैन भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रले दर्ता गराएको अविश्वासको प्रस्ताव सहित नियमित कार्यसूचीमा रहेको आर्थिक विधेयकमा छलफल मा छलफल गर्ने कार्यसूची रहेको थियो । तर यि कार्यसूची मध्य कुनलाइ अघि बढाउने भन्नेमा एमाले र कांग्रेस–माओवादी केन्द्रबीच विवाद भएपछि आजको पूर्व निर्धारित बैठक स्थगन गर्दै अपरान्ह २ वजेको लागि बैठठकको समय निधारर्ण गरिए पनि यस विचमा पनि प्रमुख दलहरूबीच  कार्यसूचीको प्राथमिकतासम्बन्धी विवाद मिलाउन सभामुख ओनसरी घर्तीले बोलाउनुभएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक ठोस निष्कर्ष विनानै टुङगीएपछि बैठक शुक्रवार बस्ने गरि स्थगन गरिएको हो । यद्यपी शुक्रबार शीर्ष नेताबीच पुनःछलफल हुने र संसद् बैठक अगाडि नै सहमति खोज्ने सहमति भनेभएको छ ।