सोमवार, जेष्ठ ७, २०८१

एमाले किमार्थ सरकारमा जाँदैन, प्रतिपक्षको भूमिका बस्छ :महासचिव पोखरेल

काठमाडौं श्रावण १३, गत श्रावण १० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गर्दै आज नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ आदेश सहित संविधानको धारा २९८ को उपधारा (२) बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने Captureराजनीतिक दललाई आह्वान गर्नु भएपछि राष्ट्रिय सहमतिय सरकार गठन गर्ने पहल भइरहेका बेला नेकपा एमालेले भने किमार्थ सरकारमा सहभागी नहुने निष्कर्षको पहिचान गरेको छ ।

एमालेले आफुले सरकारमा रहँदा उठाएका एजेण्डा कार्यान्वयन गर्न दवाव दिने र ससक्त प्रतिपक्षको भूमिका बस्ने निष्कर्ष सहित अब बन्ने काँग्रेस एमाओवादीवीचको गठबन्धन सरकामा सहभागि नहुने निष्कर्षमा पुगेको हो ।
एमाले महासचिव ईश्वर पोखरेलले एमालेका केही नेताले बहसमा ल्याएपनि एमाले सरकारमा जाने ढोका नै बन्द भएको तर्क गर्दै भन एमाले तत्काल सरकारमा सहभागी नहुँने बताउँनु भएको हो ।

तर नेपाली कांग्रेसले सहमतिय सरकार, स्थानिय निकायको चुनाव, स्थानिय निकायको संरचना र केन्द्रको संख्या  विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग यस विषयमा छलफल गर्ने तयारी गरेको बुझिएको छ।