आइतवार, जेष्ठ ६, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक: नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह

काठमाडौं श्रावण ४,  नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले व्यवस्थापिका संसदमा एमाले नेतृत्वको गठबन्धन  आफ्नो समर्थन फिर्ता गर्दै माओवादी केन्द्र सरकाबाट बाहिरिएसंगै सरकार अल्पमतमा परिसकेको भन्दै केपी ओली नेतृत्वको अल्पमतको सरकालाइ राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।  त्यस्तै कांँग्रेस मुख्यालय सानेपामा बसेको आजको बैठकमा सभापति 12065963_10153715318997329_4663525976894099584_nशेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी दिदै प्रधानमन्त्री केपी ओलीविरुद्ध व्यवस्थापिका/संसदमा दर्ता भएको अविश्वासको मतलाई अत्याधिक बहुमतले पारित गर्न जोड दिनुभएको छ ।

त्यस्तै बैठकमा बोल्ने महेश आचार्य, डा नारायण खड्का, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, गुरुराज घिमिरे, कृष्णप्रसाद सिटौला, गगन थापा, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, बालकृष्ण खाण, डा मीनेन्द्र रिजाल, प्रदीप पौडेल, रमेश लेखक, भीष्मराज आङ्देम्बे, प्रदीप गिरीलगायतलका केन्द्रीय सखस्यहरुले नेपाली कांग्रेसले अन्य दलहरुसंग परामर्श गर्दै सरकारसंगै संविधान कार्यान्वयनलाई पनि प्राथमिकिकरण गर्दै अगाडि बढ्नु पर्ने सुझाव सहित नयाँ सरकार गठनका लागि नेकपा ९माओवादी केन्द्र० सँग भएको सहमतिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि नेकपा एमाले लगायत सबै दलसँग संवाद गर्नुपर्ने विषयमा जोड दिनु भएको थियो ।बैठकमा भातृ संस्थाको महाधिवेशन, पछिल्लो समयमा बढेको महँगी, कालोबजारीलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।