आइतवार, बैशाख १६, २०८१

गएराति टर्कीमा सैन्य ‘कू’को प्रयास , ९० जनाको मृत्यु, ७५४ सैन्य अधिकारी समातिए

एजेन्सी श्रावण १, टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगानले सैन्य ‘कू’को प्रयासलाई पूर्णरुपमा नियन्त्रण गरिएको दाबी गरेका छन् । यद्यपी शुक्रबार राति नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेसंगै टर्कीमा अहिले अन्योल छाएको छ। टर्कीको राजधानीलगायत प्रमुख सहरमा सेना परिचालन गरिएको छ ।
download (2)त्यस्तै सरकारले ‘कू’को प्रयासमा संलग्न रहेको आरोपमा ७ सय ५४ जना सैन्य अधिकारीलाई पक्राउ गरेको छ भने ३० जना सैन्य  बर्खास्त गरिएको त्यहाँको गृह मन्त्रालयलाइ उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचारमा ‘कू’ गर्ने प्रयास गरेको सेनाको समूहले बन्दी बनाइएका सेना प्रमुख हुलुसी अकरलाई उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् ।  त्यस्तै अहिले टर्कीको अंकारा तथा इस्तानबुललगायतका विभिन्न स्थानमा कब्जा जमाएर बसेका सैनिकहरुले आफ्नो हातहतियार प्रहरीलाई बुझाउँदै आत्मसमर्पण गर्न थालेको पनि उल्लेख गरिएको छ ।  सैन्य ‘कू’पछिको भिडन्तमा टर्कीको राजधानी अंकारामा कम्तीमा ९० जना सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।