आइतवार, बैशाख १६, २०८१

अमेरिकाको कूटनीतिक बहिष्कारको घोषणसंगैै शीतकालीन ओलम्पिक प्रभावित

ओलम्पिक वहिष्कारको निर्णयले समाजलाई अझै नकारात्मक दिशामा धकेल्न इटालियन राष्ट्रिय ओलम्पिकको ठहर,ओलम्पिक भावनाको सम्मान गर्न र पूर्ण रूपमा स्वतन्त्र रहन आग्रह

काठमाडौं माघ १७
अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने बताएपछी आगामी फेबु्ररी ४ तारिख २०२२ मा बेइजिङमा आयोजना हुन गइरहेको शीतकालीन ओलम्पिक समेत प्रभावित हुने देखिएको छ । अमेरिकाको यो निर्णयलाई लक्षित गरि इटालियन राष्ट्रिय फेयर प्ले समिति (INFPC), राष्ट्रिय ओलम्पिक समिति र अन्तर्राष्ट्रिय ओलम्पिक लगायतका संस्थाले ति देशका सरकारहरूलाई ओलम्पिक भावनाको सम्मान गर्न र पूर्ण रूपमा स्वतन्त्र रहन आग्रह गरेका छन् ।

उनीहरुले एक भिडियो सन्देश जारी गरी राजनीतिक र अन्य प्रभावहरूबाट मुक्त भएर खेलहरूमा मिडिया स्पटलाइट प्रयोग गरेर विभिन्न खालका हस्तक्षेपहरू गर्नुृ र अनेकन बहाना गर्नुभन्दा एउटै उद्देश्यका लागि आयोजना भएका ओलम्पिक खेलको सम्मान गरी खेलमा सहभागी हुन अनुरोध गरेका हुन् ।

इटालियन राष्ट्रिय फेयर प्ले आयोगका अध्यक्ष रुग्गेरो अल्कान्टारिनीले बेइजिङमा आयोजना हुन गइरहेको शीतकालीन ओलम्पिक खेलहरू प्रति शक्तिशाली देश अमेरिका र अन्य मुलुकहरुले गरेको “कूटनीतिक बहिष्कार“को बिषयमा युरोपेली फेयर प्ले आयोगको प्रतिनिधिमण्डललाई सम्बोधन गर्नु हुदै खेल वहिस्कारको निर्णयको निन्दा गर्नुहुदै खेलकुद र ओलम्पिक खेलका सिद्धान्त र मूल्यहरूलाई आत्मसाथका साथ सम्मान गर्न आग्रह गर्नुभएको छ ।

उहाँले प्याक्स ओलम्पिकाको विश्वव्यापी साझेदारीसँग कुनै सरोकार नरहेकाले यस मानव स्वास्थ्यका लागि कठिन समयमा यस्ता अव्यवहारिक र विभेदपूर्ण नकारात्मक भावनाहरुलाई सबैले अस्वीकार गरिनु पर्ने र आजका दिनमा रोग सँग लडनका लागी समुदायलाई मानसिकरुपमा संक्रमणको सामना गर्न अधिकतम एकता आवश्यक भएकाले यस समयमा हुन गइरहेको ओलम्पिकको वहिष्कारको निर्णयबाट समाजलाई अझै नकारात्मक दिशामा धकेल्ने बताउनुभएकोछ । साथै यस कठिन समयमा विश्वसमुदायलाई एकताबद्ध गर्न र समावेशीकरणलाई बढावा दिन खेल एक सशक्त माध्यम भएकाले यसले थप एउटा उर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै अल्कान्टारिनीले दुई विश्वयुद्धको समयमा ग्रीष्मकालीन ओलम्पिक खेलका तीन संस्करणहरू र शीतयुद्धमा दुईवटा संस्करणहरु रद्ध गर्नुपरेको स्मरण गर्नुहुदै अमेरिका लगायतका केही देशहरुले यसपटकको ओलम्पिकमा सहभागीता नजाउनुले आजको २१ औं शताब्दीमा पुनः त्यही अवस्था दोहोरिनु अव्यवाहारीक भएको टिप्पणी  गर्नुभएको छ ।