आइतवार, बैशाख १६, २०८१

गायिका मंगेशकरको निधनमा भारतमा दुई दिने राष्ट्रिय शोक सहित राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं माघ २३,
भारतीय गायत क्षेत्रका अद्दितिय प्रतिभा गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार गायिका मंगेशकरको निधन भएको पुष्टि गरेकी हुन् । कोभिड को संक्रमण भएपछि ९२ वर्षीया मंगेशकरलाई जनवरी ११ मा अस्पताल भर्ना गरिएको थियो। गायिका मंगेशकरको उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यहरुले जनाएको छ।

किशोरावस्थाबाटै गाउन थालेकी मंगेशकरल ७३ वर्षको उमेरसम्म ३६ भाषामा करिब १५ हजार भन्दा बढी गीत गाएकी छन्। उनले नेपाली भाषामा समेत गीत गाएकी छन् ।
लता मंगेशकरको निधनमा दुई दिने राष्ट्रिय शोक मनाउँदै राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । यसैवीच भारतीय राष्ट्रपति राम नाथ कोबिन्दभारतीय प्रधानमन्त्री मोदी केन्द्रीय मन्त्री नीतिन गडकरी लगायतले शोक व्यक्त गरेका छन ।