शुक्रबार, बैशाख १४, २०८१

युवा संघले निर्वाचनको घोषणाको माग गर्दै सिंहदरबार परिसरमा उडायो कालो बेलुन

काठमाडौं माघ २३,
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेको भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसर भित्रै कालो बेलुन उडाएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आज सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको जानकारी  दिदै युवा संघको वेलुन उडाउने कार्यक्रममा प्रहरी हस्तक्षेप गर्दै संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामालगायतलाई नियन्त्रणमा लिएका छन ।