सोमवार, बैशाख २४, २०८१

MCC बोर्डको पत्रसंगै काँग्रेस कार्य सम्पादन समितिको बैठमा एमसीसी रडाको संभावना

काठमाडौं माघ २३ ,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले अमेरिकाको वासिङ्टन डिसीस्थित मिलेनियम च्यालेन्ज कर्पोरेसन बोर्डलाई पत्र पठाएको पत्रको पाँच महिनापछि बोर्डले फेब्रुअरी २८ अर्थात् फागुन १६ सम्मको ‘डेडलाइन’ तोक्दै प्रधानमन्त्री देउवा र प्रचण्डलाई सम्बोधन गर्दै पठाएको जवाफी पत्र सार्वजनिक भएसंगै महामन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएको हो ।

आफ्नो पार्टीका सभापतिलाई जोडेर एमसीसी अनुमोदन गर्न लिखित प्रतिबद्धता नै भएको खुलेपछि यसबारे थप अध्ययन गरेर पार्टीको आगामी २७ माघमा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गर्ने जनाउ दिदै महामन्त्री शर्माले पार्टीको बैठकमा छलफल गरेपछि मात्रै यस विषयमा कसरी अघि बढ्ने शर्माले बताए। महामन्त्री शर्माको प्रस्तुत अभिव्यक्ति संगै काँग्रेसमा अव एमसीसीको रडाको शुरु हुने देखिएको छ ।