आइतवार, बैशाख १६, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

काठमाडौँ पुस १५,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको शुक्रबार विहान अहमदवादको युएन मेहता अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यले जनाएको छ ।

प्रधानमन्त्री मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गर्नु भएको थियो ।