बिहिबार, बैशाख १३, २०८१

सुरक्षा अधिकारीलाइ कुटनैतिक, राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिन गृहको निर्देशन

काठमाडौं पुस १४ ,
गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाइ कुटनैतिक नियोग र राजनैतिक नेतृत्वसँग हुने भेटघाटको क्रममा विभागीय स्वीकृति लिएर भेट्न निर्देशन दिएको छ ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै मन्त्रालयले सुरक्षाकर्मी र पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिन निर्देशन दिएको हो ।

साथै मन्त्रालयका सहसचिव एव प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज जारी गर्नु भएको निर्देशनमा जारी निर्देशन विपरित कार्य गरे वा गराएको पाइएमा प्रचलित कानून बमोजिम विभागीय कारबाही हुने चेतावनीसमेत दिएको छ ।