आइतवार, बैशाख ३०, २०८१

प्रम मोदीको नक्कली हस्ताक्षरसहितका दस्तावेज बरामद

एजेन्सी श्रावण ५, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कली हस्ताक्षरसहितका कयौं दस्तावेज बरामद भएको छ । भारतीय know_the_pmसंचारमाध्यमहरुका अनुसार प्रम मोदीको नक्कली हस्ताक्षर सहितको स्वतन्त्रता दिवस समारोहमा आमन्त्रण गरिएको निमन्त्रणा कार्डको नक्कली पाइएपछि लहरो तान्दा पहरो गर्जिएको छ । समाचार एजेन्सीका अनुसार बोकारोमा बस्दै आएका पण्डित स्वराजकुमार राय नामका व्यक्तिले प्रधानमन्त्री कार्यालयमा सनाखतका लागि पठाइएको उक्त कार्ड नक्कली रहेको पाएपछि नक्कली कार्ड प्रकरण प्रस्तुत घटनाको छानविन सहित कारवाही गर्न सीबीआइ लाइ सहित जिम्मेवारी दिईएको उल्लेख गरिएको छ । यसै क्रममा सीबीआइले प्रधानमन्त्री मोदीका नक्कली हस्ताक्षरसहितका कयौं दस्तावेज बरामद गर्नुको अलावा झारखण्ड बस्ने एक व्यक्तिलाइ पनि प्रम मोदीको नक्कली हस्ताक्षर गरेको अभियोगमा पक्राउ गरिएको जनाएको छ । तर पक्राउ गरिएको भनिएका ति व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।  प्रहरीले आरोपीलाई अझै पक्राउ गर्न नसकेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु