सोमवार, बैशाख २४, २०८१

एनआरएनए साउदीको नवौं वार्षिकोत्सव सम्पन्न

साउदी अरब श्रावण १५, गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । गत जुलाई २९ का दिन अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा FB_IMG_1469878091975संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, परिचयपत्र छपाई सहयोगी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुने संस्थापकहरुमा विरेन्द्र चौधरी, ओम घले, राजु सैयद र रुद्र सारु मगर रहेका थिए । समाजसेवीमा जोन अर्याल र सिरी यवा लिम्बू सम्मानित भएका थिए । कार्यक्रममा यस वर्षको उत्कृष्ट एनआरएनएमा तेजुकुमार श्रेष्ठ, मनोज बराल, भिम गुरुङ र दलबहादुर पुलामी रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाली राजदुवासका साउदी अरबका श्रम सहचारी अम्बिका अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको उद्घाटन नौ वटा मैनबत्ति प्रज्वलन गर्दै सुभारम्भ गर्दै पीडित कामदारहरुको गुनासोको श्रम सहचारी अधिकारीबाट सुनुवाई समेत गरिएको थियो । सो क्रममा अधिकारीले मौखिक उजुरीको कार्वाही गर्न समस्या भएको जानकारी दिदै लिखित उजुरी दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष डम्बर यादवले आर्थिक प्रतिवेदन र महासचिव तेजबहादुर थापाले प्रगतिप्रतिवेदन पेश गरेका थिए । केन्द्रीय सदस्य उमेश भट्टराईले स्वागत गर्नु भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार डोरबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम केन्द्रीय अध्यक्ष नारायण पाशवनको सभापतित्वमा सम्पन्न भएको थियो ।