शनिबार, बैशाख १५, २०८१

इस्तानबुलामा भएको आतङ्ककारी आक्रमणमा ३६ जनाको मृत्यु, घटनाको सर्वत्र निन्दा

एजेन्सी आषाढ १५ , टर्कीको राजधानी इस्तानबुलमा रहेको अन्तर्राष्ट्रिय अतातुर्क विमानस्थलमा मङ्गलबार साँझ भएको आत्मघाती आतङ्ककारी हमलामा परी कम्तीमा पनि तीन दर्जन भन्दा बढि व्यक्तिको ज्यान गएको छ भने ८८ जना नागरिक घाइते भएका छन् । त्यस्तै अधिकांश घाइतेको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिइएको छ । । समाचार एजेन्सीका अनुसार विमानस्थलमा शक्तिशाली विस्फोट Captureसहितको आत्मघाती हमला भएको बताइएको छ ।

समाचार एजेन्सीले टर्कीका सुरक्षा अधिकारीलाइ उदृत गर्दै प्रशारित समाचारमा आतङ्ककारीहरुले सो आक्रमण विमानस्थलको प्रस्थान कक्षलाइ लक्ष बनाएको जनाएको छ । त्यस्तै विमानस्थलमा राखिएका फुटेजहरुमा आक्रमणकारीले कालो माक्स मुखमा लगाएर आक्रमण गरेको जनाईएको छ ।

यसैवीच अन्र्तराष्ट्रिय समाचार माध्यमले टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमको अभिव्यक्ति कोड गर्दै आक्रमणमा आतङ्ककारी सञ्जाल आइएसको सम्लग्नता रहेको संका गरिएको छ । त्यस्तै प्रस्तुत घटनाको देशविदेसबाट कडा शब्दमा निन्दा गरेको छ ।यस क्रममा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आतङ्कवादी हमलाको निन्दा गर्दै त्यसमा सम्लग्नलाई कानुनी कारबाहीका लागि आग्रह पनि गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले पनि घटनाको निन्दा गर्दै आक्रमण निन्दनीय भएको बताउनुभएको छ ।