बुधबार, बैशाख १२, २०८१

साना बन्दूक नियन्त्रण गर्ने कानूनको आवश्यकतामा रहेको राष्ट्रपति ओबामाको जोड

नाइट क्लबमा भएको गोलीकाण्डमा ५० जना मारिए

एजेन्सी ज्येष्ठ ३१, फ्लोरिडा राज्यको ओरल्याण्डोस्थित एक पुरुष समलिंगी रात्री क्लबमा एक बन्दुकधारीले आइतबार अन्धाधुन्ध गोली प्रहार गर्दै ५० जना व्यक्तिको ज्यान लिएको घटनालाइ अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको barak-111आक्रमणलाई आतंक र घृणित कार्यको संज्ञा दिदै अमेरिकी नागरिक चिहानमा पनि एकताबद्ध हुने र त्यहाँबाट उठेर आफ्नो सुरक्षाका लागि लड्ने अठोट राष्ट्रपति ओबामाले व्यक्त गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्रपति ओबामाले घटनालाई भीषण नरसंहार भन्दै ओबामाले साना बन्दूक नियन्त्रण गर्ने कानूनको आवश्यकतामा जोड दिनुभएको समाचार एजेन्सीहरुले जनाएको छ ।  प्रस्तुत घटनामा २९ वर्षका ओमार मातिन नाम गरेका बन्दुकधारीले क्लबमा पसेर अन्धाधुन्ध गोली चलाएका थिए । यद्यपी विद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणमा आफ्नो हात रहेको दाबी गरेको छ । तर त्यसको स्वतन्त्र पुष्टी भने भएको छैन ।