शनिबार, बैशाख १५, २०८१

स्कूललाई बालुवा लिन जाँदा विद्यार्थीको पुरिएर मृत्यु

  लोथर आषाढ १२, निर्माणाधीन आफ्नै विद्यालयलाई बालुवा लिन जाँदा ढिस्कोले पुरिएर एक विद्यार्थीको मृत्यु भएको छ । चितवनको विकट गाउँ लोथर–७, स्यामराङको श्री दुङबाङ रा.प्रा.वि. को निर्माणाधीन भवनका लागि बालुवा लिन गएका होमरी प्रजाको ढिस्कोले पुरिएर ज्यान downloadगएको विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङले जानकारी दिए ।
शिक्षा कार्यालयमार्फत निर्माण भइरहेको २ कोठे विद्यालय भवनका लागि सबै गाउँलेले बालुवा ओसारिरहेका थिए । सोही क्रममा कक्षा ५ अध्ययनरत १४ वर्षीया होमरी पनि बालुवा लिन विद्यालयबाट करिब १ घण्टा टाढा गएकी थिइन् । शनिबार दिउँसो २ बजेतिर एक्कासी ढिस्को झरेर उनलाई पु¥यो । गाउँलेले उद्दार गरी घरसम्म ल्याएपनि तत्कालै अस्पताल पु-याउन नसक्नाले उनको ज्यान गएको प्रधानाध्यापक चेपाङले जानकारी दिए ।
अति नै विकट भएकाले स्यामराङबाट तुरुन्तै अस्पतालसम्म ल्याउन सकिन्न । पूर्वी चितवनको भण्डाराबाट ३ घण्टा लामो कच्ची सडक पार गरेपछि पैदल ३ घण्टा नै हिडेपछि बल्ल स्यामराङ पुगिन्छ । विद्यालय भवन बनाउनका लागि पाथीको ४० रुपैयाँ ज्याला पाउने आशाले विदाको समयमा विद्यार्थीहरु बालुवा बोक्ने गर्छन् ।