शनिबार, बैशाख १५, २०८१

नेवाः फिल्म सोसाइटिको शाखा विस्तार

काठमाडौं ज्येष्ठ ३२,  चलचित्रकर्मी रविन श्रेष्ठको अध्यक्षतामा नेवाः फिल्म सोसाइटिको सुनसरी शाखा गठन भएको छ । नवगठित शाखाको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्ष सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमस मनोज शाक्य विशाल श्रेष्ठ दिपेन्द्र शाक्य र सपना शाक्य रहनुभएको छ । त्यसैगरि कार्यसमितिसदस्यहरुमा देवप्रसाद श्रेष्ठ, चन्द्र हलवाइ, मन्जु श्रेष्ठ, सिमरन श्रेष्ठ, सुवर्ण पालिखे, सुमन श्रेष्ठलाई चयन गर��एको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरन गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा आदिवासि जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राइ सोसाइटिका केन्द्रिय अध्यक्ष लुःजः सिंह लगायतले संस्थाको पहिलो जिल्ला शाखा गठनबाट थप उर्जा प्राप्त भएको जिकीर गर्दै सबैको साथ र सहकार्यबाट नेवाः लगायत समस्त आदिवासि जनजाती चलचित्र क्षेत्रको उत्थानको लागी अगाडि बढ्न आव्हान गर्नुभएको थियो ।