शनिबार, बैशाख १५, २०८१

रियल मड्रिड फेरिपनि यूरोपियन च्याम्पियन

काठमाडौं ज्येष्ठ १६, यूरोपियन च्याम्पियनको गए राती सम्पन्न लिगको फाइलनल अ‍ेलमा स्पेनको क्लब रियल मड्रिडले स्पेनकै अर्को क्लब एथ्लेटिकको मड्रिडलाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै ११ पटक उपाधिमाथि कब्जा जमाएको छ । निर्धारित समयको खेल एक एक Captureगोलको बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।
पेनाल्टीमा एथ्लेटिको मड्रिडका वानफ्रान गोल गर्नबाट चुके । क्रिष्टियानो रोनाल्डोले रियलका लागि विजयी पेनाल्टी प्रहार गरेका थिए ।
सुरुका सात पेनाल्टीमा लगातार गोल भएको थियो । त्यसमा रियल मड्रिडले चार गोल गरेको थियो भने एथ्लेटिको तीन गोल थियो । एथ्लेटिकोका लागि चौंथो पेनाल्टी प्रहार गर्न आएका वानफ्रान चुके । त्यसपछि रोनाल्डोले निर्णायक पेनाल्टीमा गोल गर्दै रियलको जित सुनिश्चित गरे ।
यसअघि खेलको १५ औं मिनेटमा सर्जिलो रामोसले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको ७९औं मिनेटमा एथ्लेटिको मड्रिडका लागि यानिक काररासकोले बराबरी गोल फर्काए। यसअघि सन् २०१४ मा पनि रियलले एथ्लेटिको मड्रिडलाई नै हराएर उपाधि जितेको थियो ।