बिहिबार, बैशाख १३, २०८१

एकायन कराँतेलाइ विस्तारित गर्न जिल्लाकार्य समिति गठन

काठमाडौं जयेष्ठ १३ , खेलकुदको क्षेत्रमा एक पृथक पहिचान बोकेको एकायन कराँतेलाइ विस्तारित गर्ने लक्ष्य सहित बुधवार प्रचिन श्रेष्ठको अध्यक्षतामा १३ सदस्य जिल्लाकार्य समिति गठन गरिएको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्री घ्रुवराज न्यौपानेको प्रमुख आतिथ्य एवम् नेपाल एकायन कराँते संघका anup_20160525_12केन्द्रीयअध्यक्ष श्री श्रीकृष्ण डंगोलको उपस्थितमा गठित उक्त समितिको उपाध्यक्षद्दयमा गोविन्द श्रेष्ठ र राजेन्द्र शाक्य रहनुभएको छ भने सचिब, कोषाध्यक्षमा क्रमस उज्जवल बज्राचार्य र मिना प्रजापती रहेका छा  त्यस्तै गरि कार्यसमिति सदस्यहरुमा क्रमस सुरोज महर्जन, , श्रृजला महर्जन ,अजय कालीराज , कुमार खड्गी , अजय शाही , विल्सना महर्जन , चन्द्रमान डंगोल ,अनुप प्रधान रहेका छन ।

कार्य समिति गठन समारोहमा बोल्दै प्रमुख अतिथी का न्यौपानेले नेपालमा प्रतिपादन भएको यस खेलको विकासमा सरकारी तवरबाट बिशेष प्रार्थमिकतामा राख्दै मार्शल आर्ट खेलको विकासमा थप योग्दान पुग्ने विस्वास व्यक्त गर्दै व्यक्तिगतरुपमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु र्भको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।