शनिबार, बैशाख ८, २०८१

फिफा बरियतामा नेपाल १८२ औं स्थानमा

  काठमाडौ ज्येष्ठ २०, विश्व फुटबल महासङ्घ फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२ औं स्थानमा पुगेको छ ।  फिफा बरियताक्रा अन्र्तगत दक्षिण एसियाली मुलुकहरु भारत १६३ औं स्थानमा रहेर दक्षिण एशियाको शीर्ष स्थानमा पुगेको छ भने fifaयसअघि दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४ औं स्थानमा पुगेको छ ।
त्यस्तै बङ्गलादेश १८१ औँ, भुटान, श्रीलङ्का र पाकिस्तान क्रमसः १८८ औं, १८९औं र १९२ औं स्थानमा छन् । दुई स्थान तल झरेपनि दक्षिण एशियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ ।

त्यस्तै विश्व बरियताको शीर्ष स्थान अर्जेन्टिना, दोस्रोमा बेल्जियम यथावत छन् भने कोलम्बिया तेस्रो, जर्मनी चौथो, चिली पाचौं र छैटौं, सातौं, आठौं, नोवौं र दशौं स्थानमा क्रमसः स्पेन, ब्राजिल, पोर्चुगल, उरुग्वे र अष्ट्रिया रहेकाछन् ।