शुक्रबार, बैशाख १४, २०८१

खेलकुद पत्रकारको अध्यक्षमा आचार्य

काठमाडौ बैशाख २५, खेलकुद पत्रकारको छाता सङ्गठन नेपाल खेलकुद पत्रकार मञ्चको आज भएको अधिवेशनले अध्यक्षमा निर्विरोध महेश आचार्य निर्वाचित गरेकोे छ ।   त्यस्तै निर्विरोध निर्वाचित आचार्यको अध्यक्षतामा कार्यसमितिको प्रथम उपाध्यक्षमा दुर्गानाथ सुवेदी, images (1)महासचिवमा प्रकाश तिमिल्सिना, सचिवमा राजु घिसिङ र कोषाध्यक्षमा प्रज्वल ओली र निर्विरोध चयन भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

त्यसैगरी, कार्य समिति सदस्यमा गोविन्द रेग्मी, कमल खत्री, आदर्श ढकाल र अञ्जन खड्का निर्विरोध छानिए । दुई उपाध्यक्षका लागि भने चारजना सञ्जीव सिल्पकार, श्रीलोचन राजोपाध्याय, सरिता श्रेष्ठ र निरञ्जन अधिकारीबीच प्रतिस्पर्धा भएकोमा श्रीलोचन राजोपाध्याय र सञ्जीव सिल्पकार निर्वाचित हुनुभएको छ ।