बिहिबार, बैशाख १३, २०८१

प्रथम आइटी कप फुटसल प्रतियोगिताको उपाधी सुविशुलाई

काठमाडौ ज्येष्ठ ८, ग्लोवल लिंक टेक्नोलोजी प्रथम आइटी कप फुटसल प्रतियोगिताको उपाधी सुविशुले शनिबार हात पारेको छ । उसले फाइनलमा वल्र्ड लिंकलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । जित संगै सुविशुले एक लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्यो ।
नयाँबजार, खुसिबँुस्थित रिभर फिल्ड फुटसल मैदानमा भएको फाइनल खेलमा दोस्रो स्थान हात पारेको वल्र्ड लिंकले नगद पुरस्कार ७५ IMG_4797[1] IMG_5008[1]हजार तथा ट्रफी हात पार्यो । प्रतियोगितामा सुविशुका क्याप्टेन निशान्त गुरुङले सर्वाधिक गोलकर्ताबापत ५ हजार पुरस्कार प्राप्त गरे । सात खेल खेलेका उनले सर्वाधिक १७ गोल गरेका थिए । सुबिशुकै सुरज केसीले उत्कृष्ट गोल रक्षकको उपाधी हात पारे । उनले पनि समान पाँच हजार पुरस्कार जिते ।
१० लाख रुपैयाँको लागतमा भएको एक दिने प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो । १८ टिमलाई ४ समूहमा विभाजन गरी लिग खेल खेलाईएको थियो । त्यसमध्ये रेभरेन्ट रिलायन्स, ग्लोवल इन्टरनेशनल ट्रेडर्श, ग्लोवल लिंक, कास टेडिङ, वल्र्ड ंिलंक, हुवाई टेक्नोलोजी, सुबिशु, वेल्ट्रोनिक्स क्वार्टर फाइनल चरण प्रवेश गरेका थिए ।
सेमिफाइनल चरण प्रवेश गर्नेमा वल्ड लिंक, हुवाई टेक्नोलोजी, सुबिशु र ग्लोवल इन्टरनेशनल ट्रेडर्श थिए ।  सूचना प्रविध क्षेत्रमा कार्यरत संस्थाहरुबिच खेलकुदको माध्यमबाट भाइचारा विकास गर्नै उद्देश्ले प्रतियोगिता आयोजना गरिएको ग्लोवल लिंकका अध्यक्ष ओमप्रकाश प्रधानले बताए । त्यसैगरी रिभर फिल्ड फुटसलका संचालकद्धय सागर कुमार डंगोल र निर्मल महर्जनले फुटबलको विकासका लागि प्रतियोगिताहरु निरन्तर गरिरहुन पर्ने भन्दै नेपाल सरकारले पनि फुटसल व्यबसायीहरुको हित र उन्नयन हुने गरी नीति बनाउनु पर्ने बताए । विजेता खेलाडीलाई नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले पुरस्कार वितरण गरेका थिए ।