शनिबार, बैशाख १५, २०८१

यस्तो छ काँग्रेस संसदीय दलको निर्वाचन परिणाम

काठमाडौ चैत्र २६, नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको आज निर्वाचनबाट सात प्रदेशबाट एक÷एकजनाका दरले ७ जना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार आरक्षणका विभिन्न १५ पदको लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।सार्वजनिक निर्वाचन परिणम अनुसार  प्रदेश नं १ बाट दीपक खड्का प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली र प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित त्यस्तैगरि प्रदेश नं ४ बाट रामचन्द्र पोखरेल प्रदेश नं ५ बाट विक्रम खनाल प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट र प्रदेश नं ७ बाट भरतबहादुर खड्का निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, समावेशीतर्फ आदिवासी/जनजाति पुरुषतर्फ दुई पदमा आङ्टावा शेर्पा र तीर्थबहादुर लामा आदिवासी जनजाति महिलातर्फ दुई पदमा ज्ञानकुमारी छन्त्याल र उषा गुरुङ मतसहित निर्वाचित हुनुभएको छ भने खसआर्य पुरुषतर्फ एक पदमा राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदमा गीता वाग्ले र मधु शाही निर्वाचित हुनुभएको छ ।

त्यस्तैगरि मधेसी पुरुषतर्फ एक पदमा राम अयोध्याप्रसाद यादव र मधेसी महिलातर्फ दुई पदमा रश्मी ठाकुर तथा प्रमिलादेवी दास ११२ मतसहित निर्वाचित भएका छन भने थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास मुस्लिमतर्फ एक पदमा अब्दुल रज्जाक तथा दलित पुरुषतर्फ एक पदमा नरभान कामी र दलित महिलातर्फ एक पदमा आशा विक मतसहित विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उहाँ बिहीबार नै निर्विरोध निर्वाचित हुनुभएको समितिले जनाएको छ ।   त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान रहेको छ ।