शनिबार, बैशाख १५, २०८१

माओवादी–वामपन्थी एकता वर्तमान युगको आवश्यकता

देशका होनहार युवाहरु विदेश पलायन भएका छन् । उनीहरुलाई देशमै रोजागारीको अवस्था सिर्जना गर्नुपर्ने सरकार र दलहरुको दायीत्व हो । त्यसका लागि सवै शक्तिहरु एक जुट हुन ढिला भईसकेको छ । यदि बाम्पन्थी शक्ति आपसमा मिलेको खण्डमा कम्तिमा देशले यी वर्तमान समस्याहरुको समाधान गर्नेमा कसैको दुईमत नरहला

 

jg-फणीन्द्र फुयाल ज्वाला
यतिबेला पूर्व माओवादीहरुवीच पार्टी एकताको चर्चाले बामपन्थी विचार धाराहरुमा नयाँ रौनकता थपेको छ । मुख्यतः २०५२ सालमा जनयुद्धको थालनी गरेको तत्कालिन नेकपा माओवादी पार्टी यतिबेला ६ भागमा चोईटिएको छ । पार्टीको सिद्धान्तमा नेतृत्वकर्ताले खेलवाड गरेको आरोप लगाउँदै माओवादी धाराका नेताहरु कोहि जनयुद्ध कालमै सो पार्टी छोडेर हिंडे भने कोहि चाहिँ १० वर्षे युद्ध समाप्ती पछि माउ पार्टी शान्ति प्रक्रियामा आएपछि सो पार्टी छोडेका छन् ।
जनयुद्धकालमै माओवादी पार्टी छोड्नेमा हाल क्रान्तिकारी कम्युष्टि पार्टीको महासचिव भएका मणी थापा र नेकपा माओवादी पार्टीका मातृका यादव हुन भने शान्ति प्रकिृया पश्चात सो पार्टीबाट अलग्गिनेमा नेकपा–माओवादीका मोहन वैद्य किरण, नयाँ शक्तिका बाबुराम भट्टराई र अर्को माओवादी पार्टी स्थापना गरेका नेत्रबिक्रम चन्द विप्लव हुन् । प्रचण्डले नेतृत्व गरेको एनेकपा माओवादी पार्टी भने माउ पार्टीका रुपमा रहेको छ । यतिबेला मोहन वैद्यले नेतृत्व गरेको पार्टी र प्रचण्डले नेतृत्व गरेको पार्टीबीच एकता हुन लागेको चर्चा भारईरल जस्तै बनेको छ । पार्टी एकताका लागि पटक पटक वार्ता र छलफल भैरहेको एनेपा माओावदीका अध्यक्ष प्रचण्डले बताएका छन् । उनले पार्टी एकताको लागि सिद्धान्त मिल्नु पर्ने भएकाले त्यसका लागि आफुहरु छलफलमै रहेको पनि बताएका छन् । एमाओवादीले २०५२ साल फाल्गुण १ गते थालनी गरेको जनजयुद्धको अवसर पारेर पार्टी एकता गर्न लागिएको पनि भित्रि तयारी छ । त्यसका लागि दुवै पार्टीका नेतृत्वबीच घनिभूत छलफल जारी छ । पार्टी एकताका लागि मणी थापा निकै सकारात्मक छन् भने मातृका यादव पनि आशावादी देखिएका छन् । थापा र यादव दुवै पार्टी एकताको लागि सवै माओवादी धाराका पार्टीको सिद्धान्तमा एकरुपता ह्ुनुपर्ने जिकिर राख्छन् । उनीहरु कम्युष्टि पार्टीका नेताहरुमा आत्मकेन्द्रितवाद हावि भएको भन्दै त्यसबाट टाढा हुन सके पार्टी एकाताको विषय हल हुन सक्ने बताउँछन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी एक कार्यक्रममा भनेका थिए, किरण जी पार्टीमा रहिरहुन भएको भए संविधान जारी हुदैनथ्यो भने बाबुरामजी पार्टीमा रहिरहेको भए पार्टी–संगठन बन्न दिनु हुन्नथ्यो । उनले भनेका थिए, अव संविधान जारी भैहाल्यो त्यसैले किरणजी हरु संग पार्टी एकता गर्दा केहि बिग्रदैन । उता बाबुराम कम्युष्टि नभएको हुनाले उनी संग एकता गर्न खोज्नु र गैर कम्युष्टि संग एकता गर्न खोज्नु एउटै कुरा भएको आजकल एमाओवादीका नेताहरुको मुखैमा झुण्डिएको थेगो हो । अवको आन्दोलन, जनक्रान्ति, सदन र सरकार सवै क्षेत्रको लडाईमा अग्रगामी तथा परिवर्तनकामी माओवादी धारा मात्र नभई समग्र बामपन्थी शक्तिहरुको एकता नैं पहिलो आधार हो । अवको युद्ध हिजोको बम, बारुद, बन्दूक, राईफलको भन्दा पनि भयानक बन्दै गएको छ । शान्ति प्रक्रिायामा आईसकेपछि सवै माओवादीधाराहरु त एक हुनै पर्छ नैं त्यसमा पनि बामपन्थी शक्तिहरुको एकता हुन सकेको खण्डको देशमा स्थायी सरकार बन्ने निष्चित छ । माओवादी–वामपन्थी धाराहरुको एकता नैं वर्तमान युगको माग हो ।

वर्तमान सरकारले स्थानीय निकायको निर्वाचन गर्ने तम्तयारी गरेको छ । उक्त निर्वाचनमा कम्तिमा पनि वाम्पन्थी दलहरुले साझा उम्मेदवार खडा गरेर स्थानीय निकायमा पकड जमाउने हो भने काँग्रेस, राप्रपा, राप्रपा नेपाल जस्ता दलहरुको आकार पक्कै पनि झिनो हुने थियो । यसले गर्दा लामो संसदीय ईतिहास बोकेको काँग्रेस अल्पमतमा पर्नै थियो र देश बाम्पन्थीहरुको पकडमा हुने थियो । यदि यस्तो हुन सकेको खण्डमा सरकारमा बामपन्थीहरुको दुई तिहाई हुने निष्चित छ । सवै वामपन्थीहरुवीच एकता हुनु भन्दा अगाडी सवै माओवादीहरुवीच हुनु जरुरी छ । त्यसका लागि सवै ेनेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा देश र जनताको हितलाई सर्वोपरी ठान्नु जरुरी छ । नेपाली जनताका प्रतिनिधीले लेखेको संविधान संविधान सभाद्धारा जारी भैसकेको छ । संविजधानमा चित्त नबुझेका धारा, बँुदा र विषयका बारेमा संविधान संसोधान गर्न सकिने प्रावधान सुरक्षित छ । त्यसैले अव कसैले यो वा त्यो बहानामा देश र जनतालाई दुःख दिने, फेरी पनि युद्ध गर्ने, भूमिगत हुने, र आतंककारी क्रियाकलाप गर्नुको औचित्य र तूक छैन । सवै पक्षले आफ्ना मागहरु शान्तिपूर्वक राख्ने, वार्ता, संवाद, छलफल, सहमति, सहकार्य र एकताका माध्यमबाट देशलाई आर्थिक उन्नतीतर्फ अगाडी बढाउनेतर्फ सवै शक्तिहरु एक जुट हुन आवश्यक छ ।
भुकम्पले घाईते बनाएको नेपाली जन र मन हरुलाई राहत र पुनःनिर्माणको मल्हम लगाउनु पर्ने बेला हो यो । यो बेला भनेको सदियौदेखि नेपाली जनताले चाहेको जनसंविधानको सफल कार्यान्वयन गर्ने बेला हो । त्यसैले सवै दलहरुले अव यस बिषयलाई प्राथमीकता दिनु जरुरी छ । मधेसमा आन्दोलनरन मधेसी मोर्चाका नेताहरुले पनि देश रहे तराई रहन्छ तराई नरहे हामी भारतीय हुन्छौं भन्ने कुरा बुझ्न जरुरी छ । उनीहरुले भारतको ईराशामा देशको स्वाभिमान माथि आँच आउने क्ुनै पनि हर्कत हरु बन्द गर्नुपर्छ । त्यसको हिसावकिताव तराईका स्वाभिामानी नेपाली जनताले निर्वाचनको बेला देखाईदिने छन् ।  देशका होनहार युवाहरु विदेश पलायन भएका छन् । उनीहरुलाई देशमै रोजागारीको अवस्था सिर्जना गर्नुपर्ने सरकार र दलहरुको दायीत्व हो । त्यसका लागि सवै शक्तिहरु एक जुट हुन ढिला भईसकेको छ । यदि बाम्पन्थी शक्ति आपसमा मिलेको खण्डमा कम्तिमा देशले यी वर्तमान समस्याहरुको समाधान गर्नेमा कसैको कसैको दुईमत नरहला ! – samabeshisamabeshi@gmail.com