शुक्रबार, चैत्र १६, २०८०

खेलाडी दाह्रासिंह, राज्य उखानटुक्का सिंह

pen-copy-gift-150x15022-राजन कार्की
४० खेलाडी लिएर लोकतन्त्रको मैदानमा उत्रिएको एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको राज्यटिमले कालाबजारीयासँग कमिशन फिक्सिङ गरेर कमायो मात्र। १६ पार्टीको जोडजोड ओली एण्ड कम्पनी, एसेम्बल उद्योगजस्तो बन्यो, जसले नयाँ केही निर्माण गर्ने नै होइन, तैयारी सामान ल्यायो, जोड्यो बेच्यो र मुनाफा कमायो। त्यस्तै देखियो केपी ओलीको जम्बो उद्योग। तर नेपाली फुटबल टिम बंगलादेशको मैदानमा प्रतिस्पर्धी बनेर उत्रियो। टिमले रचनात्मक, न्यायपूर्ण र खेलका नियम अंगीकार गरेर नयाँ केही गर्ने इच्छाशक्तिका साथ खेल्यो र बंगबन्धु गोल्डकप जित्यो, इतिहास रच्यो। गणतन्त्र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भनिन्– हिमालको देशको टिमले जित्यो। बधाई छ। हामी भन्छौं– बंगाल टाइगर मुलुककी प्रधानमन्त्री, सम्मानका शव्दका लागि तिमीलाई धन्यवाद छ। १९९३ पछि युवा खेलाडीले देशलाई दङ्ग पारिदिए। युवालाई सर्जक, सिर्जना, परिवर्तनका बाहक त्यसै भनिएको होइन। हाम्रो लोकतन्त्र पनि युवा हुनुपर्थ्यो, संविधान सर्जक बन्नुपर्थ्यो, सिर्जनाका सम्भाबनाहरु दिनुपर्थ्यो। संसद, सरकार र प्रशासनका अङ्गप्रत्यङ्गले राष्ट्र बनाउने, फलाउने, फुलाउने काम गर्नुपर्थ्यो। जनअपेक्षाहरु पानीको फोका उठेझैं उठे र फुटे। राजनीतिक नेताहरुले जुन सपना देखाएका थिए, ती सबै शोम शर्माको घैंटो फुटेझैं फुटिसक्यो। आम नेपाली पुर्पुरोमा हात राखेर सुइय….. लामो श्वास फेरिरहेको देखिन्छ।

२०६३ सालको परिवर्तन १० वर्षभित्रै परिवतर्नका वाहक जनताको चिहानमा रुपान्तरण हुन थालेको छ। मुलुक बिबाद र द्वन्द्वको युद्ध मैदान बनिसकेको छ। जनता निराश छन्, उदास छन्, कष्टमा छन्। देश दुःखिरहेको छ, नेतालाई देश र जनता दुखेको देखिदैन। खुशी छन् त पार्टीनेता, कार्यकर्ता र तिनीहरुसम्म पहुँच भएकाहरु मात्र खुशी छन्। राजनीतिक धर्मले जनताको कर्म बदल्नुपर्थ्यो, परिवर्तन देश र जनताको फुटेको कर्म बन्न पुग्यो। राजनीति र राज्यमा, तिनलाई खबरदार गर्ने दायित्व बोकेका विविध अधिकारकर्मी र नागरिक समाजमा इमान र नैतिकहीनता भएकै कारण राष्ट्र दुर्गतिको दलदल बन्नपुगेको हो। के छैन नेपालमारु सबैभन्दा महत्वपूर्ण शक्ति प्राकृतिक सौन्दर्य छ। प्रकृतिको यो उपहारसँगै पानी छ। दुःखमा पनि हाँस्न सक्ने, पीडामा जीवन बाूच्नसक्ने सहनशील र मेहनतकस जनता छन्। तर राजनीतिक नेता, शासक, प्रशासकहरुले माफियाहरुसँग गठजोड गरेर त्यो उर्जा, त्यो शक्ति, त्यो सामर्थ्यलाई संघीयताका नाममा सिध्याउने षडयन्त्र गरिरहेका छन्। देशको मुहार फेर्न सकिने अपार सम्पत्तिलाई राजनीतिक नेतृत्वले चिन्न सकेनन्। अहिले मुलुकमा जे जति कूकर्म, कालोबजार, तस्करी, माफियाकरण चलिरहेको छ, त्यो राष्ट्रघातको उत्तरदायी राजनीतिक नेतृत्व हो। देश किन अघि बढेन, देश किन बर्बाद भइरहेको छ, यसको एउटै जवाफ छ– राजनीतिक परिवर्तन भयो, राजनीतिक नेतृत्व विकास भएकै रहेनछ। हुनै सकेनछ। ०६३ सालदेखि जे जति राजनीतिक नेताहरु सत्ताको करिडरमा पुगे, राज्यका निर्णायक बनेका छन्, ती सबै आत्मकेन्द्रीत र स्वार्थन्धमात्र रहेछन्। तिनले सत्ता देखे, शक्तिको स्रोत जनता देखेनन्।

जनता नदेख्नु भनेको नेतृत्व असफल हुनु हो। यस्तो असफल नेतृत्वले अव देश हाँक्न सक्दैन। पद्धति परिवर्तन भएर नपुग्नेरहेछ, नेतृत्वमा नैतिकवोध, विवेक भएन भने परिवर्तन हातलाग्यो शून्य हुनेरहेछ। मानवीयता र विवेक बिधिभन्दा बलियो आधार हो मुलुक निर्माण गर्न। बेश्या र ब्यापारी, डाँका र माफियामा बरु इमानदार हुन्छन्, किनकि तिनीहरु दुर्गाको भक्ति गर्छन्, हाम्रा नेताहरुले देश र जनताको भक्ति गरेनन्, तिनको शोषण र दोहन गर्न सिप लगाए। हाम्रा नेताहरु कुरा ठूला गर्छन्, काम केही गर्दैनन्, कर्तव्य पूरा गर्नबाट कोसौं टाढा भाग्छन्। सत्ता, भत्ता र सम्पत्ति यिनको यस्तो तिर्खा हो, जो कहिल्यै मेटिएन। ओली सरकारलाई बधाई होइन, आम जनता सराप दिइरहेका छन्। रोगी प्रधानमन्त्रीले देशलाई समेत रोगी बनाए। अर्थतन्त्र नै कालो भइसक्यो। कालो अर्थतन्त्र नेपाली आर्थिक जनजीवनको कालतन्त्र बनेको प्रतिक्रिया दिन थालेका छन् अर्थविदहरु। सम्भाल्न सकिन्छ, ओली सरकार बिग्रदो अर्थतन्त्र सम्हाल्नेतिर ध्यान दिइरहेको छैन। अर्थशास्त्र नपढेका व्यक्ति अर्थमन्त्री छन्। एसएलसी पास प्रधानमन्त्री, आइएपास राष्ट्रपति। सभामुख त्यही स्तरको। अनि अनेक सिद्धान्त बाकेर अवसरवादको लाभ उठाउन पल्केकाहरुको साथ र सहयोग। कसरी देश र जनताको भलो हुन्छ, नयाँ नेपालको जग बस्छरु बंगलादेशमा युवाहरु फूटबलका दाह्रासिंह बनेर आए। नेपालको राजनीतिमा उखानटुक्का हावी भयो।

हसी मजाक गर्ने प्रधानमन्त्रीले संविधानको व्याख्या गर्छन्– मधेसीले माग्दैमा चन्द्रमा दिन सकिन्न। के भनेको योरु वार्ता भइरहेको छ, वार्ता भाँड्न प्रधानमन्त्री हावादारी गफ गर्छन्। रंगेलीका जनतालाई गोली ठोक्छन्। जनता हाहाकारमा जीवन गुजारिरहदा प्रधानमन्त्री कहिले ग्याूसको पाइप चुलामा जोडिदिन्छु भन्छन्, कहिले हावाबाट बिजुली निकालेर एकवर्षमै लोडसेडिङ अन्त्य गरिदिन्छु भनेर पानीमा पादेजस्तो कुरा गर्छन्। तिनै प्रधानमन्त्री ओलीले पछिल्लो समय तातोपानीबाट विजुली निकाल्छु भनेर उखानटुक्कामा फुूदा गाूसे। लोकतान्त्रिक हुँ भन्नेले जनतालाई जिस्क्याउने ? जनताको पीडामाथिको खेलबाड नभए के हो यो ?

हावादारी गफाडी प्रधानमन्त्रीले चलाएको देश कस्तो हुन्छरु भएको साधनस्रोतको समुचित वितरण व्यवस्था गर्ने, प्रशासनलाई सुशासन दिन इमान्दार मार्ग देखाउने, संसदप्रति जिम्मेवार अर्थात सार्वभौम जनताप्रतिको जिम्मेवारी निर्वाहमा कर्तव्यनिष्ठ देखिने, कालोबजार अर्थतन्त्रलाई रोक्न प्रयास गर्नेतिर सरकारको ध्यान नै छैन। जम्बो सरकार बनाएर खर्च बढाएका प्रधानमन्त्री ओलीले मन्त्रालय फुटाएर र दुईदर्जनजति पार्टीका कार्यकर्ताहरुलाई सल्लाहकारमा भर्ति गरेर खर्च बढाइरहेका छन्। जनता राहत राहत भनेर छटपटाइरहेका छन्, हिउँमा लम्पसार छन्, कालोबजारका सिकार भइरहेका छन्, इन्धनको संकट भोगिरहेका छन्, प्रधानमन्त्री ती निरपराध जनतामाथि ठट्टा गरिरहेका छन्। लोकतन्त्र बुख्याँचा बन्यो, लोकनेता संवेदनहीन। अनि भएन त युवा फुटबल टिम दाह्रा सिंह, हाम्रा प्रधानमन्त्री उखानटुक्का सिंहरु युवा फुटबल टिम फर्कदा तिनको सम्मान गरियो। यो जनस्तरबाट भएको भव्य स्वागत सम्मान लामो समयदेखि देख्न पाइएको हो।

यस्तो स्वागत सम्मान न संविधानको भयो, न संविधान घोषणा गर्नेहरुको। न संसदको भयो, न सरकारकोरु सभासद र सरकार त जनघृणाका पात्र बनेका छन्। द्रुत गतिमा घोषणा भएको संविधानले केपी ओलीलाई प्रधानमन्त्री बनायो, उनकै पार्टीकी नेतृ विद्या भण्डारीलाई राष्ट्रपति। एमाओवादीले सरकारमा हिस्सा पायो, संसदको सभामुख भेट्टायो। १६ दल सरकारमा गए, संवैधानिक अंगहरुमा भागबण्डा चलिरहेको छ। कतिजनाले योजना आयोगमा जागीर पाए, कतिले राजदुत पाउदैछन्। एमालेले आफ्ना कार्यकर्तालाई पुननिर्माण प्राधिकरणको कार्यकारी बनायो। जनतालाई के गर्‍यो, के दियो संविधानलेरु मधेसमा ५९ जना मारिए। संविधान र संशोधनले मधेसलाई संवोधन गर्न सकेन। संविधानलाई जनताले अपनत्व ग्रहण गरेकै छैनन्। विवाद बढेर गएको छ। सिके राउत र विप्लव राज्यविरुद्ध, संविधानविरुद्ध, शासनपद्धतिविरुद्ध फौजी संरचना बनाएर क्रियाशील भइसके। एक मुलुकमा दुईराष्ट्रको तर्क आइसक्यो। बिभाजन र बिखण्डनका मात्र होइन, अर्को विद्रोहको हुने बारुदको गन्ध आउन थालिसक्यो।

संवैधानिक संघीय गणतन्त्र युवा खेलाडीजस्तै बिजेता बन्नुपर्थ्यो, जनताको खुशी हुनुपर्थ्यो, स्वागत र सम्मान देखिनुपर्थ्यो। संविधान कागजको खोस्टोभन्दा केही बन्न सकेन। संविधानले संवैधानिक शासन व्यवस्था बसाल्नै सकेन। धार्मिक र संवैधानिक राजतन्त्रका झिल्काहरु उठ्न थालेका छन्। यी विवादले आगो सल्कायो भने इटलीको जंगलको डढेलो लाग्न सक्छ नेपाली राजनीतिमा। द्रुतगतिको संविधानले बैधानिक शासनव्यवस्था कायम गर्न कछुवा गतिमा पनि हिडेको छैन। द्रुतगतिको संविधान महाभारतको कथामा बर्णित सकुनीको छली द्यूतक्रिडा बनिरहेको छ। ओली सरकार गठनगर्दा जसरी झ्याली पिटिएको थियो, रंगेलीको हत्याकाण्डमा युवासंघले मधेसी समुदायलाई चटनी बनाइदिन्थ्यौं भनेर दिएको अभिव्यक्तिले ओली सरकार, एमाले पार्टी कति अमानवीय, कति निर्घिणी, कस्तो बाहुवलीवाला छ भन्ने अनुभव गर्न सकिन्छ। सरकार चलाउने पार्टीको यस्तो प्रतिक्रियारु ओली र एमालेप्रति दयामात्र गर्न सकिन्छ।
ओलीले विपक्षी अथवा विरोधीलाई गाली गर्नै पर्दैन। ओलीका अभिव्यक्तिहरुलाई आफ्नै पार्टीका दुई बरिष्ठ नेता, दुबै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले समेत ओलीलाई पत्याएनन्। कुरो बुझ्ने एमाले पार्टीपंक्तिले समेत हा हा….हा हा…..गरेर उडाइदिए। यसपछि बुद्धिजीवीहरुले प्रश्न गरेका हुन्– ओली लोकतान्त्रिक गणतन्त्र नेपालका सिंगमाङ हुन् कि पुङमाङ्रु

यसकारण अव राजनीतिमा बुढोपुस्ताको काम छैन। युवा पुस्ता अघि सर्नैपर्छ। बुढोपुस्तालाई सम्मान दिने हो, सल्लाहकारमा राख्ने हो, निर्माण त युवाले नै गर्नुपर्छ। संविधानको कार्यान्वयन होस् अथवा पुननिर्माण र बिधिको शासनको स्थापना, योग्यताको कदर होस् अथवा अयोग्यहरुको बिस्थापन, जताततै युवा नै चाहिन्छ। सिंगापुरका लि क्वान यु निरंकूश थिए तर उनले युवाहरुलाई साथ लिएर वर्तमान सिंगापुर बनाइदिए। उनी मर्दा विश्वले अपुरणीय क्षतिको अनुभव गर्‍यो। त्यो गौरव हुनुपर्छ नेतृत्वमा। यो त लोकतन्त्र हो, निरंकूशता होइन। तर निरंकूशभन्दा निकम्मा साबित वर्तमान नेतृत्व। युवा नेतृत्व अघि सर्‍यो भने नयाू नेपाल बन्न सम्भव छ। नेपालका सन्दर्भमा नेतृत्व जन्मेकै रहेनछ। युवाहरुले त्यो खाँचो पूर्ति गर्नुपर्छ। जनताको आूखामा छारो हाले अथवा जनतालाई भ्रमित पारेर कालरात्रि बनिसकेको देशमा बिधिको सूर्य उदाउँदैन। ओली टिमको कंगाल सोचले जितिदैन। राज्यकोषको लुट र जनताको संवेदनामाथि बलात्कार चलिरहन्छ।
जसरी युवा टिमले बंगबन्धु खेलमा चमत्कारिक गोल गरे, आफ्नो रगत, पसिना र क्षमताले गोल्डकप जिते। त्यस्तै युवा हौसलाको खाचो छ राजनीतिमा, शासन र प्रशासनमा।। देशको दुःख हर्ने युवाले हुन्। भर गर्न सकिने युवाशक्ति नै हो। युवाहरु उठ न, हिमाली डाँफले हानेजस्तो बेग हान न।