सोमवार, बैशाख १७, २०८१

१४ औ आहा रारा गोल्डकप फुटबल प्रतियागिता माघ ५ गतेदेखि

काठमाडौं पौष २० , १४औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ ५ गतेदेखि १६ गतेसम्म पोखरामा हुने भएको छ । सहारा Captureक्लब पोखराको आयोजनामा हुने प्रस्तुत प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगितमा खेलकुदको विकासमा सहकार्य गरौँ पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने नारा सहित यसपटक विदेशी तीन टिमसहित जम्मा १२ टिमले प्रतियोगितामा सहभागिता रहने क्लवले जनाएको छ ।

त्यस्तै प्रतियोगितमा प्रतिष्ठित राष्ट्रिय क्लबहरु क्रमस रुस्लान थ्रीस्टार क्लब, नव जनजागृित युवा क्लब सिमरा, त्रिभुवन आर्मी क्लब, रमपम झापा ११, सहारा क्लब पोखरा, लक्ष्मी हुन्डाइ मनाङ–मस्र्याङ्दी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबको सहभागिता रहने बताईऐको छ ।