शुक्रबार, चैत्र १६, २०८०

नुवाकोटमा साम्बो जिल्ला शाखा गठन

काठमाडौं पौष २२ , जुडो र मार्सलआर्टको समिश्रण रहेको साम्बो खेलका उत्कृष्ट खेलाडी उत्पादन गर्न र नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने उद्देश्यले नेपाल साम्बो संघ नुवाकोट जिल्ला शाखाको गठन गरिएको छ ।

anup_20160106_1 anup_20160106_3संघका सदस्य श्री नविन प्रधान प्रमुख आतिथ्यमा तथा स्थानीय राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थितिमा नुवाकोट जिल्ला सितोरियो करातेका उपाध्यक्ष दावाङ्ग तामाङ्गको अध्यक्षतामा गठन भएको शाखाको उपाध्यक्ष सचिव काषध्यक्ष र सदस्यहरुमा क्रमस सुन्दर श्रेष्ठ र पशुपती डंगोल, सुरेन्द्र सेढाई, शिव श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, सुजित भण्डारी, निरोज कुमार थापा , विनोड श्रेष्ठ, उद्धव श्रेष्ठ, मेघनाथ घिमिरे, राज कुमार तिमिल्सिना, सुमन राज थापा, अनुप सिं खड्का रहेका छन ।

त्यस्त्तै संघको सदस्यमा नुवाकोट जिल्ला का प्रो.रोस्लर नुवाकोटे टाईगर कमल तामाङ्ग समेत रहेको १५ सदस्य समिति समेत गठन गरिएको छ । मुलत आत्मरक्षाको लागि खेलिने साम्बो रसियाबाट शुरु भएको हो । यद्यपी विश्वको ७० भन्दा बढी देशहरुमा फैलिएको छ । साम्बो नेपालमा सन् २००७ मा विधिवतरुपमा प्रवेस भएको भएपनि नवगठित नुवाकोट शाखा समेत गरि १० जिल्लामा मात्र रहेको छ ।