शुक्रबार, बैशाख १४, २०८१

मोर्चासँग आइतवार निर्णायक वार्ता हुने अध्यक्ष प्रचण्डको जनाउ

काठमाडौं पौष १८, इटहरीमा आयोजित कार्यक्रममा सहभागि हुँन आज त्यतातर्फ लाग्ने क्रममा एमाओवादीका अध्यक्ष प्रचण्डले आज images (4)विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मधेसी मोर्चासँग आइतवार सहमति बन्ने अधिकतम सम्भावना रहेको बताउनुभएको छ । शुक्रबार मोर्चाका नेताहरुसँग पटक पटक भएको वार्ताको निष्कर्षको आधारमा अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

प्रमुख सत्ताघटक दल नेकपा एमाले, एमाओवादी र प्रतिपक्षी दल काँग्रेस सहितको उपस्थितीमा आइतवार मधेसी मोर्चासंग बार्ता हुँने भन्दै उहाँले संविधान संशोधन प्रस्तावमा समझदारी बन्दै गइरहेको बताउँनु भएको छ । त्यस्तै सीमाङ्कनको विषय जटिल भएकाले यसलाई राजनीतिक वा संसदीय समिति बनाएर तीन महिनाभित्रमा सहमति गर्ने विषयमा मधेसी मोर्चालाई लचिलो हुन आग्रह गर्दै जारी समस्या समाधानका लागि मधेसी मोर्चालाई लचिलो बन्न आह्वान गर्नुभएको थियो ।