शनिबार, बैशाख १५, २०८१

आजबाट कांग्रेस महाधिवेशनको प्रक्रिया सुरु

काठमाडौ माघ १५, नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनको प्रक्रिया आजदेखि देशभर एकैसाथ शुरु भएको छ । स्थानीय नेतृत्व चयनका लागि आजबाट गाउँ, नगर वडा र नगर अधिवेशन सम्पन्न गरिने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज हुँने Congress_Mahadhibetaion_252294018अधिवेशनबाट १ लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी र सदस्य निर्वाचित हुने जनाएको छ ।

निर्वाचनमा क्रियाशील सदस्यहरुले नयाँ कार्यसमितिका साथै आदिवासी जनजाति, मधेशी, अल्पसंख्यक, दलित, महिला लगायत १२ जनासम्म क्षेत्रीय तथा जिल्ला प्रतिनिधि चयन गर्ने छन् भने नगर र वडा तहमा पनि नयाँ कार्यसमितिका् चयन गर्ने भएको छ र त्यसतै गरि माघ २२ गते हुने क्षेत्रीय अधिवेशनबाट केन्द्रीय प्रतिनिधि तथा महासमिति सदस्यको चयन गर्ने छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुनेछ ।