शुक्रबार, बैशाख १४, २०८१

मोर्चासँगको वार्तालाई निष्कर्ष पु-याउने काँग्रेसले सहयोग गर्ने

  परराष्ट्रमन्त्री थापा र काँग्रेस सभापति कोइरालावीच भेटवार्ता

काठमाडौ पौष ८, काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा आज भएको काँगे्रस पदाधिकारी बैठकले काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आन्दोलनरत मधेसी मोर्चासँगको छलफललाई निष्कर्षमा पु-याउन सक्दो प्रयास गर्ने नितिगत निर्णय Nepali_Congressगरेको छ । साथै बैठकले आजको व्यवस्थापिका–संसदको बैठकलाई कसरी अघि बढाउने सम्बन्धमा पनि छलफल भएको जनाउँ दिदै नेताहरुले पार्टीको आसन्न महाधिवेशनको लागि क्रियाशील सदस्यता वितरणमा देखिएको विवादलाई सुल्झाउने तर्फ पनि छलफल भएको जानकारी दिनुभएको छ ।

यसैवीच चीन सरकारको निमन्त्रणामा ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न चीनको औपचारिक भ्रमणमा जाँदै गरेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रतिपक्षी दलका नेतासमेत रहनु भएका काँग्रेस सभापति कोइरालासंग भेटवार्ता गर्नु भएको छ ।