शुक्रबार, बैशाख १४, २०८१

आन्दोलन र शीतलहरले मधेसको जनजीवन प्रभावित

काठमाडौं मार्ग २५, मधेसमा चिसो मौसमको सुरवातसंगै शीतलहर सुरु भएको छ । एकातर्फ मधेस आन्दोलन अर्को तर्फ शीतलहरको चपेटमा बस्न बाध्य मधेसी Cold-Weatherजनता अहिले दोहरो मारमा परेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा आन्दोलनका कारण प्रभावित हुँदै आएको महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायतका जिल्लामा बढ्दो शीतलहरका कारण थप प्रभावित भएको छ उल्लेख गरिएको छ । जसले गर्दा जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ ।

शीतलहरका कारण बजार क्षेत्रमा मानिसको चहलपहल घटेको छ भने ज्याला मजदुरी गरेर गुजारा चलाउनेलाई काम गर्न गाह्रो भएको छ । स्थानीय हाटबजारमा न्यानो कपडाको खरिद–बिक्रीमा वृद्धि भए पछि मधेसमा अहिले सर्वसाधारण घरघरमा धुनी बालेर आगो ताप्दै बस्न बाध्य भएको बताईएको छ ।