बुधबार, बैशाख १२, २०८१

१३ जना भारतीय सीमा सुरक्षाकर्मी आवश्य सोधपुछ पछि रिहा

काठमाडौं मार्ग १३, आज विहान झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा हतियारसहित प्रवेश गरेको भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको १३ जना SSB-Indian-armyभारतीय सीमा सुरक्षाकर्मीलाई आवश्यक सोधपुछ सहित पाँच घन्टापछि रिहा गरिएको थाहा भएको छ ।
सोधपुछको क्रममा भारतीय सीमा सुरक्षाकर्मीले कुनै नियोजित नभइ भूलवश नेपाल पसेको’ भन्दै क्षमायाचना गरेपछि रिहा गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।