बिहिबार, बैशाख १३, २०८१

तराइका अधिकास जिल्लामा शीतलहरका कारण जनजीवन प्रभावित

राजधानीमा समेत आज बढी चिसो महशूस

काठमाडौं मार्ग २९ ,तराई क्षेत्रमा बढेदो मा शीतलहर संगै स्थानीय जनजीवन पूर्ण प्रभावित भएको समाचार प्राप्त भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु Cold-Weatherलाग्न थालेपछि अत्यधिक जाडो बढ्नुको अलावा दिनभर चिसो आवा बग्ने क्रम बढेपछि तराएका अधिकास जिल्लाका बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण समेत देखिन थालेको समाचारमा उल्लेख गरिएको छ ।

त्यसो त राजधानीमा समेत आज बढी चिसो महशूस गरिएको पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, काठमाडौंमा आज मौसम सफा रहने जनाउँदै मौसम बिहान ३।४ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौंमा दिउँसो भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ ।