शनिबार, बैशाख १५, २०८१

सुनसरीमा भारतीय प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार,४ नेपाली घाइते,नेपाल प्रशासन मौन

सुनसरी मार्ग ९, भारतीय सुरक्षा बल एसएसबीका जबानहरुले गोली चलाउंदा सुनसरीमा आज चार जना गम्भीर घाइते भएका छन् । घाइते 1797849sunsari_districtहुनेमा हरिपुर गाविसका असोक यादव, नरेस यादव, मनोज यादव र सरोज यादव रहेका छन् । असोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका बिभिन्न भागमा गोलीका छर्रा लागेको छ । घाइते सबैको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

नेपाल–भारत सीमास्थित भण्टाबारीमा भारतीय जवानले नेपाल प्रवेश गरेर स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । भारतीय बजार बीरपुरमा गएर पेट्रोल र डिजल बोकेर नेपाल आएका उनिहरुमाथि नेपाली भूमी मै बसेर गोली प्रहार भएकाप्रहरीले जनाएको छ । घटनाबारे नेपाल प्रशासनले भने कुनै  प्रतिक्रिया  नजनाएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच  गृहमन्त्री शक्तिबहादुर बस्नेतले  व्यवस्थापिका–संसद् मातहतको राज्य व्यवस्था समितिको आजको बैठकमा सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलको गोली लागेर आज बिहान चार जना नेपाली नागरिक घाइते भएको जानकारी दिदै   उहाँले नेपाल–भारत सीमा दशजग्गा भन्दा नेपालतर्फ १०० मिटरभित्र साइकलमा रासायनिक मल ल्याउँदै गरेका किसानमाथि चलाएको गोली लागेर चार नेपाली घाइते भएको जानकारी दिनुभएको छ ।.   त्यस्तै  उहाँले   घटनाको समग्र वस्तुस्थितिको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित भारतीय दूतावासलाई जानकारी गराउँदै आवश्यक मनरवाही  सुरु गरिने      जानकारी दिनु भएको  समाचारमा उलेख गरिएको छ ।