शनिबार, बैशाख १५, २०८१

संशोधन प्रस्ताव पारित गर्दै अगाडि बढ्नुपर्ने काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष

सभापति कोइराला र  राजदूत रे बीच कोइराला निवास महारागञ्जमा भेटवार्ता

काठमाडौ मार्ग १३ , मधेस आन्दोलनको सम्बोधन गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेसमा आन्दोलनरत दलबीच सोमबार संयुक्त वार्तामा आउँन आह्वान गरेको सवालमा पार्टीगत निति तय गर्न भन्दै आज बसेको काँग्रेस काँग्रेस पदाधिकारीको बैठकले Nepali_Congressयसअघिको आफू नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्र बडूका अनुसार बैठकले मधेस आन्दोलनको सम्बोधनको लागि नै संसद्मा दर्ता भएको संसोधन प्रस्ताव दर्ता गरिएको भन्दै उक्त प्रस्ताव पारित गर्दै सीमाङ्कनका सवालमा राजनीतिक तहमा वार्ता र संवादमार्फत सहमति गर्दै अगाडि बड्नु पर्नेमा काँग्रेस दृढ रहेको जानकारी दिदै प्रधानमन्त्रीद्दारा आव्हान वार्तामा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहभागी हुने निर्णय गरेको जानकारी दिनु भएको छ । यसैवीच यसअघि काँग्रेस सभापति सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत रञ्जीत रेबीच कोइरालालाई निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा उहाँहरुवीच जारी नाकाबन्दी लगायतका प्रसंगमा छलफल भएको बुझिएको छ ।

त्यस्तै  यसअघि प्रधानमन्त्री ओली र आजै साँझ नेपालका लागि भारतीय राजदूत रञ्जीत रेबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण नेपालले असहज स्थिति भोग्नुपरेको भन्दै नाकाबन्दी फिर्ता लिन आग्रह गर्दै थप  समसामयिक छलफल गर्नु भएको बुझिएको छ ।